मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त- कमला थापा

महमूद आलम खान 1133+ समाचार ( )
थापाले महाधिवेशनमा निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरूसँग रहेको दोहोर्याएका छन्। यसले राप्रपाले अवलम्बन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको उनको दाबी छ।
२७ मंगशिर २०७८, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको बताएका छन्। आज सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले उक्त प्रतिक्रिया दिएका हुन् ।

विज्ञप्तिमा थापाले महाधिवेशनमा निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरूसँग रहेको दोहोर्याएका छन्। यसले राप्रपाले अवलम्बन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको उनको दाबी छ । 

शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पनाअनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ ? भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ?’ विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा पूर्वराजा र निर्मल निवासबाट भएको हस्तक्षेपबारे छनाबिन गरी भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न थापाले आग्रह गरेका छन् । यसो गर्न सके मात्र पार्टी एकता र पार्टीको भविष्य सुनिश्चित हुने थापाले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार