मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
२४ असार २०८१, सोमबार

काठमाडौं । कुवेतमा घरेलु कामदारले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्नसक्ने कानुन ल्याएको छ । कुवेतका उपप्रधान एवं रक्षा र आन्तरिकमन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले घरेलु कामदार (भिसा २०)लाई निजी क्षेत्र (भिसा १८)मा परिवर्तन गर्ने निर्णय गरेका छन् ।

घरेलु कामदारले स्थानान्तरण गर्नका लागि आफ्नो रोजगारदाताको स्वीकृति प्राप्त गर्नुपर्नेछ । त्यो एउटै रोजगारदाताकामा काम गरेको कम्तीमा १ वर्ष हुनुपर्ने जनाएको छ । यसबाहेक, नयाँ सम्झौतामा प्रत्येक वर्षका लागि १० कुवेती दिनार शुल्क लाग्नेछ भने स्थानान्तरणका लागि ५० केडी शुल्क लाग्ने आन्तरिक मन्त्रालयले जनाएको छ ।

यो निर्णय १४ जुलाईदेखि १२ सेप्टेम्बरसम्म लागू हुनेछ भने आधिकारिक राजपत्रमा प्रकाशितसमेत हुनेछ । यसका प्रावधानहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने मन्त्रालयले जनाएको छ । यस नयाँ नियमले कुवेतभित्र घरेलु कामदारहरूको आवागमनलाई नियमन गर्न महत्वपूर्ण कदम हुने मन्त्रालयले विश्वास लिएको छ । कुवेत सरकारको यस निर्यणसँगै त्यहाँ रहेका हजारौं नेपाली घरेलु कामदारसमेत लाभान्वित हुनेछन् ।

अब त्यहाँ घरेलु कामदारका रूपमा कार्यरत रहेका नेपालीले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न पाउने भएपछि मालिकको शारीरिक तथा मानसिक यातनाबाट छुट्कारा मिल्ने भएको छ भने दैनिक उद्धारका लागि अनुनय विनय गर्नेको संख्यामा पनि कमी आउने अपेक्षा गरिएको छ ।

त्यहाँ हरेक दिन १० देखि १५ जना नेपाली महिलाले आफूलाई घर मालिकले बन्धक बनाएको भन्दै उद्धारका लागि आग्रह गर्ने गरेको त्यहाँबाट सामाजिक अभियन्ताहरूले बताउने गरेका छन् । कुवेतमा २५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार रहेका पाइन्छ ।

केही महिनाअघि कुवेतले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाएको थियो । नेपालले कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले प्रलोभन देखाएर कामदार पठाउने गरेका छन् । हाल विभिन्न पेसामा गरी कुवेतमा १ लाख ७ हजार बढी नेपाली कामदार कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार