मुख्य समाचार
सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व | कीर्तिपुरको होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता पक्राउ | युनेस्कोद्धारा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न | सर्लाहीका युवाले पनि लगाए आफ्नै शरीरमा आगो | बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ? | गणेश नेपाली आत्मदाह प्रकरण : शव बुझ्न आफन्तले गरे इन्कार |

मन्दिरको मुर्ति तोडफोड गर्ने राकेश प्रहरी नियन्त्रणमा

यूथ टुडे समाचारदाता 3485+ समाचार ( )
फेसबुकमा च्याट ग्रुप निर्माण गरी धार्मिक द्वन्द्व गराउने गरी मेसेज गर्नेहरु माथि कारवाही गर्ने प्रहरीको तयारी
१ चैत्र २०८०, बिहीबार

सर्लाही । सर्लाहीको मलँगवा स्थित राजदेवी मन्दिरको मूर्ति तोडफोड गर्ने हिन्दु सम्राट सेनाकै कार्यकर्ता राकेश बैठा पक्राउ परेको छ।

सर्लाहीमा मन्दिरभित्रको मूर्ति तोडफोड गर्ने राकेश बैठा हिन्दु सम्राट सेना नेपाल संगठनसँग आवद्ध रहेको समाचार स्रोतले जनाएका छन् ।

सर्लाहीको मलँगवा स्थित राजदेवी मन्दिरको मूर्ति तोडफोड गर्ने मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा पक्राउ परेका छन्।

मूर्ति तोडफोड गरेको उनलाई बुधबार प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो। उनीविरुद्ध धर्मसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कार्वाही अगाडी बढाएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेको सबुत प्रमाणका आधारमा बैठालाई पक्राउ गरिएको सर्लाहीका एसपी श्याम कुमार महतोले बताए। प्रहरीले जिल्ला अदालत मलंगवाबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको छ।

मंगलवार राति मूर्ति तोडफोड भएपछि बुधबार हिन्दु सम्राट सेना नेपाल र स्थानीयवासीले कडा विरोध गर्दै मलंगवा बजार बन्द गराएका थिए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ को धर्मसम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउने कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

यसै गरि पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकमा बिभिन्न नामको च्याट ग्रुप निर्माण गरी धार्मिक द्वन्द्व गराउन खोज्ने तत्त्वहरुको पहिचान गरी प्रहरीले कारवाही गर्ने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ । साभार: https://smart24news.com/?p=3765

प्रतिक्रिया

राजेश जालान २ चैत्र २०८०, शुक्रबार

जिहादी मानसिकता ले ग्रसित पत्रुकार।हैइटट जय सनातन जय नेपाल

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार