मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

धर्म र जातभन्दा पनि दिदीभाइको सम्बन्धलाई प्रगाढ बनाउन भाईटिका लगाउने गरेको छु - वडा अध्यक्ष बेहना

महमूद आलम खान 1133+ समाचार ( )
चाँद इट्टा उद्योगका संचालक चाँद खाँले पनि टिका लगाएको तस्वीर समाजिक सञ्जालमा शेयर गरेका छन्
२० कार्तिक २०७८, शनिबार

बाँके – हिन्दुधर्मालम्वीहरूले दाजुभाई दिदीबहिनीहरूमा माया प्रेमको सद्भाव र स्नेह साट्ने चाडको रूपमा मनाउदै आएको भाइटिकाले अन्य समुदाय र धर्ममा पनि लोकप्रियता कमाउन थालेको छ। 

दाजुबहिनी दिदीभाइमा माया र स्नेह झल्काउने भाइटिका यस पटक मुस्लिम समुदायले  पनि धुमधामसँग मनाएका छन् । धर्म र जातभन्दा पनि दिदीभाइको सम्बन्धलाई प्रगाढ बनाउन उनीहरूले यस तिहार मनाउने गरेका छन्।

नेपालगंज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष एंव मानवीय कार्य कार्य गरेर देशबिदेशमा नाम कमाउन सफल मोहम्मद सफिक बेहनाले पनि भाइटिका लगाएका छन् । बेहनाले आफ्नो भाइटिकाको तस्वीर फेसबुकमा शेयर गरेका छन्। 

त्यस्तै चाँद इट्टा उद्योगका संचालक चाँद खाँले पनि टिका लगाएको तस्वीर समाजिक सञ्जालमा शेयर गरेका छन्। उनले लेखेका छन् भाइटिका मुस्लिम दाजुभाइले मनाएर धर्म भन्दा ठूलो स्नेह, प्रेम र मायाको सन्देश दिएको उल्लेख गर्दै अगाडि लेखेका छन् भाईटिका कुनै पनि पर्व धर्म विशेषको नबनोस् । यस्तै वडा अध्यक्ष बेहनाले जाती र धर्मबीचको अन्तर अन्त्य होस्। यसै गरि माया र सद्भाव कायम रहोस्। आँउदो साल यो हिन्दुको पर्व नबनेर हरेक दिदीभाइ दाजुबहिनीको चाड बनोस् भनी कामना गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार