मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बर्दियाका युवालाई स्वरोजगार बनाउन ५० जनालाई सिप विकास तालिम

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

बाँके । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । 

क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने तालिम र बिषादीरहित तरकारी खेती तालिम सम्पन्न भएको हो । 

दुबै पालिकामा ३९० घण्टासम्म सञ्चालन गरिएका ती चारवटै तालिममा ५० जना युवतिहरुको सहभागिता रहेको थियो । 

ठाकुरबाबामा आयोजना गरिएको तालिमको समापन समारोहमा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले स्थानीय युवतिहरुले व्यवसायिक तालिमबाट सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै त्यसबाट व्यवसाय शुरु गरेर आफ्नो आर्थिक अवस्था बलियो बनाउन सक्ने बताउनु भयो । उहाँले त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । 

सो कार्यक्रममा ठाकुरबाबाका उपमेयर बिना कुमारी भट्टराईले यस्ता तालिमले आर्थिक विकासमा ठुलो सहयोग गर्ने जनाउँदै तालिमको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाइ र कृषि शाखाका विरेन्द्र रावतले पनि तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । तालिमका सहभागिको तर्फबाट बोल्दै अरुणा थारु र अनिता थारुले तालिमबाट सिकेको ज्ञानलाई व्यवसायमा परिवर्तन गर्ने अठोट गर्नुभयो ।  

सोही प्रकारले राजापुर नगरपालिकामा आयोजना गरिएको तालिमको समापन कार्यक्रममा राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गर्नुभयो । उहाँले व्यवसाय स्थापना गर्दा अरुलाई पनि रोजगारी दिन सक्ने बताउँदै राजापुर नगरपालिकाले व्यवसायको दिगो स्थापनामा हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तिकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना संयोजक राधेकृष्ण थारु, फिल्ड सुपरभाइजरहरु कञ्चन दहित र सञ्जिता रिजाल लगायत विभिन्न शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

तालिमका प्रशिक्षकहरुमा ओम प्रकाश थारु, बिकास थारु, सीता चौधरी र सरिता चौधरी रहनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार