मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । देशभरका विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकका प्रतिनिधिहरु र सरकारबीच आज बिहान ८ बजेदेखि गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

यसअघि शिक्षा मन्त्रालयद्धारा गठित वार्ता समितिले मंगलबार वार्ताका लागि बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । तर, बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने वार्तामा बसेका हुन् ।

वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले आज बिहीबारदेखि विद्यालय बन्द गरेका छन् । उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म विद्यालयमा पठनपाठन सुरु नगर्ने भन्दै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार