मुख्य समाचार
रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण |
मुख्य समाचार
रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण |


मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने

यूथ टुडे समाचारदाता 3527+ समाचार ( )
२८ असार २०८३, आइतबार

काठमाडौँ । सरकार र गणेश नेपालीका परिवारबीच आठ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १४ घण्टा लामो वार्तापछि आज बेलुका ५ः०० बजे नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच आठ बुँदे सहमति जुटेको हो ।

मुगुको सोरु गाउँपालिका–१ जवलधारा घर भएका नेपालीले यही असोज २५ गते त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा यही असार २५ गते राति निधन भएको थियो । उक्त घटनालाई लिएर पीडित पक्ष आन्दोलित भएका थिए । सहमति भएसँगै पीडित पक्ष नेपालीको शव परीक्षणका प्रक्रिया अगाडि बढाउन र शव बुझ्न सहमत भएका छन् । 

सहमति पत्रमा नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाले मृतक गणेश नेपालीको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

सहमतिअनुसार उक्त घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेस गरिसक्नु पर्नेछ । 

साथै मृतक नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको छ । 

यस्तै, उक्त दिन घटनास्थलको अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगर नगरीय प्रहरी बलका कर्मचारीहरूलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले महानगरपालिकालाई लेखी पठाउने र पछि छानबिन आयोगको प्रतिवेदन तथा सिफारिस बमोजिम कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

साथै पीडित परिवारको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गरिएको छ । साथै मृतककी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताका आधारमा काठमाडौँ महानगरपालिकाले रोजगारी सुनिश्चित गर्नेछ । मृतककी आश्रित छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि महानगरले आवश्यक प्रबन्ध मिलाउने छ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक सहजीकरण गर्नेछन् । 

त्यसैगरी, मृतकको परिवारलाई महानगरले राहतस्वरूप यथोचित रकमसमेत उपलब्ध गराउनेछ । त्यस्तै, तत्कालका लागि आवश्यक मानवीय र व्यावहारिक पक्षलाई सम्बोधन गर्दै मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यकपर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजकिरियाको आवश्यक व्यवस्थापन पनि महानगरले मिलाउने सहमति भएको छ । 

मृतकका एकाघरका परिवारजनको आतेजाते ९यातायात० खर्च एवं काठमाडौँमा काजकिरिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्धसमेत महानगरपालिकाले नै बेहोर्ने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा पहिलो पक्ष ९नेपाल सरकार तथा स्थानीय तह०का तर्फबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । 

त्यस्तै, दोस्रो पक्ष (पीडित परिवार तथा वार्ता समिति) को तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली र बहिनी सुन्दरी नेपालीले हस्ताक्षर गर्नुभएको छ । 

वार्ता समितिका सदस्यहरू भक्तबहादुर रावत, धर्मराज शाही, मन नेपाली, प्रवलकुमार चौलागाईं, नवराज न्यौपाने, पदम नेपाली, आशिष देवकोटा र सर्जक बरालले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार