मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

सुक्खा सडक पहिराका कारण अवरुद्ध

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
२० माघ २०८०, शनिबार

सङ्खुवासभा । सङ्खुवासभाको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी अवरुद्ध भएको हो ।

मकालु–३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।

आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए । पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ । उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताए ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार