मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

जोखिमपूर्ण यात्रामा रहेका ४ सय बढीको माईती नेपालले गर्यो उद्धार

महमूद आलम खान 1133+ समाचार ( )
बेचविखनको बदलिँदा स्वरुपहरु मध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाई छ
१६ पौष २०७८, शुक्रबार

बाँके ।  नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय बढीको उद्दार गरिएको माईती नेपालले जनाएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्दार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।

आज नेपालगञ्जमा पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बताए । उनका अनुसार गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्दार गरिएको र पुनर्मिलन गराइएको यो दुबै संख्या अघिल्लो बर्ष भन्दा बढी नै हो 

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्या ११ छ । यो एक बर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए । राज्यसंग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताए ।

बेचविखनको बदलिँदा स्वरुपहरु मध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाई छ । "बाहिर खुल्न नचाहेपनि सम्पर्कमा आउनेहरु बढेका छन् ," उनले भने । यी मध्ये अहिले एउटा घटना परीक्षणमा रहेको उनले जानकारी दिए । अदालतमा मुद्दा चलाउने प्रक्रिया शुरु गर्न थालिएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार