मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

जानकी गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट बहुमतले पारित

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित भएको हो । १२औं गाउँसभाबाट बजेट पारित भएको हो ।
३२ असार २०७९, शनिबार

बाँके । जानकी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० बजेट पारित गरेको छ । ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित भएको हो । १२औं गाउँसभाबाट बजेट पारित भएको हो । 

गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षमा बसेको गाउँसभाले विभिन्न ११ प्रस्ताबहरु पारित गरेको छ । वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले प्रस्तुत गरेको सबै प्रस्तावहरु पारित भएका हुन् ।

आर्थिक बर्ष ०७९/८० को आयव्यय विवरण विनियोजन विधेयक २०७९ र आर्थिक विधेयक २०७९, बजेट तथा कार्यक्रम, आर्थिक बर्ष ०७९/८० को लागि सम्पत्ति कर तथा भूमिकरको दररेट, करार कर्मचारीहरुको दरबन्दी लगायत प्रस्तावहरु पारित भएका हुन् ।

गाउँसभामा अध्यक्ष खाँले जानकीको विकास र समृद्धि नै आफ्नो एक मात्र लक्ष्य भएको भन्दै सबैलाई समेटेर आफू अगाडि बढ्ने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताए । गाउँसभामा नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मीनारायण शाहले जानकीको विकासका लागि दलीय प्रभाव भन्दा माथि उठेर काम गर्न आग्रह गरे ।

गाउँसभामा वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले बोलेका थिए । सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गरेका थिए । गाउँसभामा उपाध्यक्ष रामप्यारी यादव लगायत अन्य जनप्रतिनिधिहरु उपस्थित थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार