मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन दिनु भयो - महासचिव पोखरेल

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

बाँके । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गर्नुभएको छ । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो आग्रह गर्नुभएको हो । 

व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको उहाँको भनाइ छ । गुरुङले दान गर्नुभएको जग्गा एमालेले स्वीकार गरेको उहाँले स्पष्ट पार्नुभयो । ‘गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ’ उहाँले भन्नुभयो ।

मीनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताउनुभयो । एमालेलाई कमजोर बनाउन चाहिने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाइ छ ।

एमालेमाथि विगतदेखि नै घेराबन्दी र आक्रमण भएको बताउँदै महासचिव पोखरेलले अहिले पनि एमालेमाथि आक्रमण सुरु भएको बताउनुभयो । उहाँले पार्टीको नीति र नेतृत्वप्रति विश्वास गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय निर्माणको सन्दर्भमा एक जना व्यवसायीले गरेको सहयोगलाई आधार बनाएर पार्टीमाथि आक्रमण गर्ने प्रयास भएको छ’ उहाँले भन्नुभयो । 

उहाँले नेपाली कांग्रेले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको स्मरण गराउनुभयो । त्यस्तै, राप्रपाको घर पनि दाताले दिएका भए पनि त्यसको कुनै चर्चा हुने नगरेको उहाँले बताउनुभयो । 

उहाँले पार्टी समाजको संस्था भएकाले पार्टीलाई समाजभन्दा बाहिर राख्न नहुने बताउनुभयो । राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने उहाँको भनाइ छ । ‘पार्टीप्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिने हो’ उहाँले भन्नुभयो । एमालेका पार्टी सदस्यले दिएको सहयोग पनि पार्टी कार्यालयकै काममा खर्च हुने उहाँले बताउनुभयो । पार्टी कार्यकर्ताले गरेको सहयोग र दाताले दिएको सहयोग समेत जोडेर एमालेको सुविधा सम्पन्न अत्याधुनिक पार्टी कार्यालय बन्ने पोखरेलको भनाइ छ । 

मिसन २०८४ नेकपा एमालेको सर्वाधिक महत्वको विषय भएको उहाँले बताउनुभयो । राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यको लागि आउने निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । देश बन्नका लागि नीतिगत नेतृत्वको खाँचो पर्ने उहाँले बताउनुभयो ।

पार्टीमा युवालाई जोड्नु पर्ने बताउँदै महासचिव पोखरेलले युवासँगको कामलाई पार्टीको प्राथमिकताको काममा राख्नुपर्ने बताउनुभयो । त्यस्तै महिलासँगको पार्टीको कामलाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । 

महासचिव पोखरेलले अहिलेको सरकार उच्च समझदारीमा बनेको सरकार भएको चर्चा गर्नुहुँदै एमाले र कांग्रेसको उच्च नेतृत्वमा समझदारी हुँदासम्म सरकारमा कुनै समस्या नआउने बताउनुभयो । एउटा निश्चित उद्देश्यका लागि वर्तमान सरकार बनेकाले कसैले चाहँदैमा सरकारमा समस्या नआउने उहाँको धारणा छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार