मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

चार गतेबाट सुरु हुने राष्ट्रिय सभाको अधिवेशन सञ्चालनको तयारी पुरा

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आइतबार ११ बजेका लागि आह्वान गरिएको छ । 

संघीय संसद् सचिवालयले राष्ट्रिय सभाको अधिवेशन सञ्चलनको तयारी संघीय संसद् सचिवालयले गरिरहेको छ । 

जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संघीय संसद् भवन समेत जलेपछि वैकल्पिक रुपमा सिंहदरबारमै रहेको पुरानो राष्ट्रियसभाको बैठक कक्षमा राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ ।

गत भदौमा संघीय संसद्को अधिवेशन अन्त्य र प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक राष्ट्रिय सभा अधिवेशन आह्वान भएको हो ।  

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभा सञ्चालनका लागि आवश्यक प्रशासनिक पक्ष, भौतिक पूर्वाधार लगायतको तयारी गरिरहेको बताउनुभयो ।

उहाँले संसद् भवन जलेपछि सभा बस्नका लागि हलको अभाव रहेको अवस्थामा संसद् सचिवालयमा रहेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभा सञ्चलन गर्न तयारी पुरा गरेको बताउनुभयो ।

प्रतिनिधि सभा विघटन भएको अवस्था राष्ट्रिय सभाको मात्रै अधिवेशन आव्हान भएको र यो सभाको १९ औँ नियमित अधिवेशनका रुपमा रहने र नियमित कार्यक्रमहरू नै अगाडि बढ्ने छन् ।

अधिवेशनमा सभामा विचाराधिन रहेका विधेयक, संसदीय समितिका प्रतिवेदन, सार्वजनिक महत्वका सूचना तथा जनसरोकारका विविध विषयमा सरकारसँग छलफल गर्ने र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउने, समाधान खोज्ने लगायतका काम गर्ने छ । संघीय संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार कानुन निर्माण संघीय संसदले गर्ने हुनाले एउटा सभाबाट मात्रै त्यो पूर्ण नहुने भए पनि राष्ट्रिय सभाले गर्नसक्ने जति काम गर्ने बताउनुभयो । सभामा पाँच वटा विधेयक विचाराधिन रहेका छन् ।  

जसमध्ये पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाको समितिमा विचाराधिन छन् भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक सभामा सैद्धान्तिक छलफल भएको छ । 

यसैगरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक समितिबाट सभामा प्रतिवेदन पेश भएको छ ।

राष्ट्रिय सभाको हाल रिक्त हुन लागेको १९ वटा पद मध्ये १८ वटा पदमा माघ ११ गते निर्वाचन हुने र एक पद मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन भएर आएपछि बैठक नियमित रुपमा अगाडी बढ्ने पनि संघीय संसद् सचिवालयले जनाएको छ । 

यसअघि पनि प्रतिनिधि सभा विघटन भएको बेला २०७७ साल पुसमा पनि राष्ट्रिय सभाको सातौँ अधिवेशन बसेर आफ्नो नियमित काम गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार