मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न कोइरालालाई सुझाव

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

नेपालगन्ज । नेपाली काँग्रेसको तर्फबाट बाँके, क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई असल जनप्रतिनिधिको भुमिका निर्वाह  गर्न मतदाताले सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ र ६ मा बुधबार(आज) आयोजित घर दैलोका क्रममा मतदाताले नेपाली काँग्रेसले  यूवा र असल ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै पदीय भूमिकालाई सशक्त रुपमा निर्वाह गर्न कोइरालालाई सुझाए ।  स्थानीयको आशा र विश्वासलाई कायम राख्न अनुरोध गर्दै जनहित विपरित कुनै पनि खराब काम नगर्न आग्रह  समेत गरे । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुलटेक्रा निवासी शोभा ओलीले पुर्बप्रधानमन्त्री एवम नेपाली कांग्रेसका पुर्बसभापति स्वर्गिय सुशिल कोइरालाको जस्तै ’त्याग’ र ’निष्ठा’ को राजनीति गर्न शुधान्सुलाई सुझाव दिईन । नेपाली कांग्रेसले युवा, सक्षम र जुझारु उम्मेदवारका रुपमा यसपटक कोइरालालाई उठाएको भन्दै उनले क्षेत्र नम्बर २ का बासिन्दाले पार्टीभन्दा माथि उठेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।

मतदातालाई दुई हात जोड्दै उम्मेदवार कोइरालाले आफुले भ्रष्टाचार कहिल्यै नगर्ने र भ्रष्टाचारका विरुद्ध सदन तथा सडकमा आवाज उठाईराख्ने प्रतिवद्दता जनाए । आफुले बाँके क्षेत्र नम्बर २ का आम मतदाता, नेपाली कांंग्रेस पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताको शिर कहिल्यै निहुँरिन नदिने अठोट गरे । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइराला सहित वडासभापति मेराज हल्वाई, कांग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा र सुशिला नेपाली (वादी), पार्टीका महासमिति सदस्य तथा पुर्ब प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता हाजी मोहम्मद कादिर अन्सारी, कांग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मन्जु शाह, नेता असफाक अन्सारी, युवा नेता लियाकत खान, मुस्लिम संघ नगर उपाध्यक्ष इसरार अन्सारी, फरुदुल हल्वाई लगायतको उपस्थिती रहेको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा भएको घर दैलोका क्रममा उम्मेदवार कोइराला सहित वडासभापति जमालुद्दिन बागवान, कांग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद सुशिला नेपाली, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य रितेश शर्मा, वडा नम्बर ६ का सचिव दिलिप रेग्मी, नेता कपिल पाठक, बसन्त उपाध्याय, प्रेम बहादुर बुढाक्षेत्री, कुन्तलराज शर्मा, कांग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मन्जु शाह, राधा, खड्का, अनुजा राठौर (सेन), भुमी दमिनी, क्षेत्रीय प्रतिनिधि मोहम्मद अरसद शेख लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार