मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

हलोमा भोट हाल्न कार्यकर्तालाई ओलीले दिए निर्देशन

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्न आज झापा–३ पुग्नुभएका उहाँले एमालेले समर्थन गरेका सबै उम्मेदवारलाई जिताउन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
११ कार्तिक २०७९, शुक्रबार

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा हलोमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्न आज झापा–३ पुग्नुभएका उहाँले एमालेले समर्थन गरेका सबै उम्मेदवारलाई जिताउन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

ओलीले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । गठबन्धनलाई रोक्न हलोमा भोट हाल्नुपर्ने बताउनुभएका उहाँले एमालेले समर्थन गरेका उम्मेदवारलाई जुनसुकै हालतमा जिताइने बताउनुभयो । सोक्रममा अध्यक्ष ओलीले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गर्नुभयो ।

दुबै पार्टीका अध्यक्षको जीत सुनिश्चितताका लागि झापाका दुईसहित एमाले र राप्रपाले देशभर आंशिक चुनावी तालमेल गरेका छन् । तर, ठूला नेतालाई जिताउनैका लागि विपरित सिद्धान्त बोकेका दुई पार्टीको सहकार्यलाई लिएर दुबैतर्फ असन्तुष्टी चर्किंदो छ । यस कारण ’भोट ट्रान्सफर’ नहुने चिन्तामा परेका नेताहरु कार्यकर्ता फकाउन झापामै केन्द्रित छन् ।

ओलीको क्षेत्र झापा–५ मा पर्ने दमकमा सत्ता गठबन्धनसँग मिलेर मेयर जितेको राप्रपाका स्थानीय कार्यकर्ताहरु सूर्यमा भोट हाल्न खासै उत्साहित नरहेको बताइन्छ । यसअघि राप्रपा अध्यक्ष लिङ्गदेनले झापा–५ मा सूर्यमा भोट नहाले चुनावपछि कार्यकर्ताका रुपमा भेट नहुने चेतावनी दिनुको कारणसमेत त्यहि हो भनिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार