मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयले महाशिवरात्री महोत्सव आयोजना गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
१० फाल्गुन २०७८, मङ्गलबार

बाँके । ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले महाशिवरात्री महोत्सव गर्ने भएको छ । महाशिवरात्रीका अवसरमा विश्व विद्यालयले ‘सप्ताह ब्यापी’ रुपमा कार्यक्रम गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सप्ताहब्यापी महाशिवरात्री महोत्सव अन्तरगत बाँके र बर्दियामा शिव दर्शन आध्यात्मिक झाँकी र्याली, चित्र प्रर्दशनी शिवध्वजारोहन तथा आध्यात्मिक प्रवचन कार्यक्रम गरिने भएको छ । यही फागुन ११ गतेदेखी १७ गतेसम्म शिवदर्शन आध्यात्मिक झाँकी र्याली तथा प्रवचन, आध्यात्मिक सचेतना मुलक चित्र प्रर्दशनी, शिवध्वजारोहन तथा आध्यात्मिक प्रवचन कार्यक्रम बाँके र बर्दियाका विभिन्न स्थानमा हुनेछन् ।  

कार्यक्रम मार्फत लागू पदार्थ दूव्र्यसन तथा गाँजा भाङ जस्ता नसालु वस्तुहरुको सेवनलाई न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रम गरिने ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय प्रमुख एवम् ब्रम्हाकुमारी दुर्गाले बताउनु भयो । सकारात्मक जीवन पद्धतिको लागि अभिप्रेरित गर्नुपर्ने वर्तमान समयको माग रहेकोले सचेतना मूलक कार्यक्रमको लक्ष्यलाई लिएर संस्थाले महाशिवरात्री पर्वलाई मनाइरहेको विश्व विद्यालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथी एवम् बाँके जिल्ला अदालतका न्यायाधिश श्याम सुन्दर अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघका पुर्वअध्यक्ष निरज गौतम र वरिष्ठ पत्रकार पूर्णलाल चुके लगायतले शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार