मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा भारतले नेपाललाई शुन्यका बिरुध्द ३ गोलले पराजि

महमूद आलम खान 1133+ समाचार ( )
भारतीय कप्तान सुनिल क्षेत्रीले यो प्रतियोगितामा कूल ५ गोल गरेका थिए
३० अशोज २०७८, शनिबार

एजेन्सी । भारतले आठौं पटक साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता जितेको छ।

आज राती माल्दिभ्सको राजधानी खेमालेमा भएको प्रतियोगिताको फाईनलमा भारतले नेपाललाई शुन्यका बिरुध्द ३ गोलले पराजित गरेको हो। मध्यान्तर अघि सम्म भारतलाई कडा चुनौति दिन सफल नेपाल टिमले मध्यान्तर लगत्तै लगातार २ गोल खाएको थियो। ५ मिनेट भित्रै कप्तान सुनिल क्षेत्री र अर्का खेलाडी सुरेश सिंहले गोल गरेका थिए। भारतीय कप्तान सुनिल क्षेत्रीले यो प्रतियोगितामा कूल ५ गोल गरेका थिए।

यसपालीको साफ च्याम्पियनशीप फुटबलमा राम्रो उपस्थिति जनाउँदै समूह च्याम्पियनको आधारमा फाईनलमा पुगेको नेपालले आज सुरु देखि राम्रो खेलेको थियो। तर वर्षाको कारण खेलाडीहरुको प्रदर्शनमा केही अवरोध पुगेको देखिन्थ्यो। नेपाली खेलाडीहरु लगातार २ गोल खाएपछी नर्भस भएका देखिन्थे। तापनि नेपाली खेलाडीहरुले स्थिति आफ्नो पक्षमा फर्काउने प्रयास नगरेका होईनन। तर खेल समाप्तितिरको क्षणमा भारतको तर्फबाट तेश्रो गोल पनि थपिएको थियो। 

आजको खेलमा नेपाली टिमका शशक्त खेलाडी अन्जन विष्टको उपस्थिति पनि खडकियो। उनि सस्पेण्ड भएका कारण आज मैदानमा उत्रन पाएनन। यसैगरी नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुला अलमुतारी पनि सस्पेण्ड भएका नियाउरो मुख लगाएर दर्शक दिर्घामा बसेर खेल हेरिरहेका थिए। 

आजको खेलमा अग्र पङ्तिका नवयुग श्रेष्ठ, मनिष डाँगी, सुजल श्रेष्ठ जस्ता खेलाडीले राम्रो स्थितिको श्रृजना गरेका गिए। यसैगरी गोल किपर किरणकुमार लिम्बु,शशक्त रक्षा पङ्तिका खेलाडी रोहित चन्द जस्ता खेलाडीले कयौं सम्भावित गोल जोगाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार