मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

नरैनापुरमा घर–घरमै मतदाता शिक्षा

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेको नरैनापुरमा मतदाता शिक्षा अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । बदर हुन सक्ने मतलाई न्यून गर्न स्वयंसेवकहरू गाउँबस्ती र घर–घरमै पुगेर मतदातालाई सचेत बनाइरहेका छन् ।

नरैनापुर गाउँपालिका–१ की मतदाता रिना यादवले समयमै स्वयंसेवकहरू गाउँमा आएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । कार्यक्रममा आफू सहभागी भएको उल्लेख गर्दै उहाँले यसपटक आफ्नो मत बदर नहुनेमा विश्वस्त रहेको बताउनुभयो । “मत कसरी बदर हुन्छ, मतपत्रमा कसरी सही तरिकाले मतदान गर्ने, आफ्नो मत आफैं कसरी खसाल्ने भन्ने कुरा स्पष्ट बुझ्न पाएँ,” उहाँले भन्नुभयो ।

मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि सुरु गरिएको नरैनापुर गाउँपालिकाकी सूचना प्रविधि अधिकृत तथा मतदाता शिक्षा अनुगमनकर्ता जुना शाहीले जानकारी दिनुभयो । सुरुमा बस्ती–बस्तीमा पुगेर सामूहिक रूपमा शिक्षा दिइएको र हाल घर–घरमै पुगेर मतदातालाई सचेतना प्रदान भइरहेको उहाँको भनाइ छ ।

“मतदाता शिक्षाका लागि तयार पारिएका पाठ्यसामग्रीमार्फत मतदान प्रक्रिया, मत बदर हुने अवस्था र त्यसबाट जोगिने उपायबारे जानकारी गराइरहेका छौं,” शाहीले भन्नुभयो, “मतदाताले विषयवस्तु राम्रोसँग बुझेको देखिएकाले बदर मत घटाउन यो अभियान प्रभावकारी हुने विश्वास लिएका छौं ।”

गाउँबस्तीका मतदाताले समय दिएर सहयोग गरेकोमा आफू सन्तुष्ट रहेको बताउँदै उहाँले फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम जारी रहने जानकारी दिनुभयो ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाउन नरैनापुरमा सञ्चालन भइरहेको घर–घर मतदाता शिक्षा अभियानले यसपटक बदर मत उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार