खजुराखुर्दमा टिप्परको ठक्करबाट एकको मृत्यु, तीन घाइते

यूथ टुडे समाचारदाता 3272+ समाचार ( )
बर्दिया गुलरियाका मोहम्मद अहमद जोलाहको मृत्यु
१९ चैत्र २०८२, बिहीबार

बाँके । जानकी गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत खजुराखुर्द नजिक आज राति ८:३५ बजेको समयमा भएको सडक दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रारम्भिक जानकारी अनुसार मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय खजुराखुर्दका बरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार टिप्परको ठक्करबाट बर्दिया गुलरिया घर भएका मोहम्मद अहमद जोलाहको मृत्यु भएको पुष्टि गर्दै तीन जना घाइते भएको बताउनु भयो ।

वडा नम्बर ४ का अध्यक्ष रमेश बर्मा, गाउँपालिकाका कर्मचारी रब्बान शेषले घटनास्थलमा पुगेर घाइते तीन जनालाई तत्काल अस्पताल पठाइएको जानकारी दिनुभएको छ। स्थानीय जनप्रतिनिधि र प्रहरीको समन्वयमा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न रा१ख ३१४५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। घाइतेहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल नजिकै दुर्घटनाग्रस्त अवस्थामा दुई मोटरसाइकल फेला परेको प्छरहरीले जनाएको छ । जसमा भे १० पा ६०६४ र लु.प्र. ०३–००१ प ४०४० नम्बरका मोटरसाइकल रहेका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार