मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

साढे सात लाख कार्यकर्ता माओवादी केन्द्रमा रहेको प्रचण्डको दाबी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरेका छन् ।
१७ श्रावण २०८०, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले देश र विदेशमा गरी आफ्ना साढे सात लाख कार्यकर्ता रहेको जनाएको छ । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरेका छन् ।

बुधबारदेखि सुरू भएको पार्टीको केन्दी्रय समति बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन् । बागमतीमा १ लाख ४७ हजार ५५३ माओवादी कार्यकर्ता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, मधेश प्रदेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता छन् ।

अध्यक्ष प्रचण्डले सबै जातीय मोर्चाले आफ्नो समुदायको जनसंख्या कम्तीमा १० प्रतिशतलाई संगठित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार