मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

मर्यादित महिनावारीमा सरोकारवालाको भुमिका

महमूद आलम खान 1133+ समाचार ( )
५ मंगशिर २०७८, आइतबार

महिनावारी जसलाई हाम्रो नेपालीका कतिपय समुदायमा नछुने हुनु ,छुन नहुने ,पर सरेकी ,छुइ भकी जस्ता अनेकौं नाम हरुले चिनिन्छ । यी सबैको तात्पर्य भने एउटै हो महिनावारी अर्थात रजस्वला हो ।महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो जुन केटीहरुमा मात्रै हुने गर्दछ । यो खास गरि १२ बर्ष देखि सुरु भै ५० देखि ५५ बर्ष पुगेपछि बन्द हुने गर्दछ । यश अबस्थामा हरेक महिनाको ४देखि ६ दिनसम्म यौनिबाट रगत बग्ने गर्दछ तर गर्भवति भएको अवस्थामा भने महिनावारी हुदैन । 

नेपाको सन्दर्भको कुरा गर्ने हो भने प्राय हरेक क्षेत्र समाजमा महिनावारीलाई अझै तुच्छ रुपमा हेरिने गरिन्छ । पहिलो पटक महिनावारी हुदा २२ दिन सम्म घरबाट टाढा राख्ने चलन अहिले सम्म रहिआएको छ । दुध दहि खान न हुने, पुजा गर्न न हुने ,घरका अग्रज साथै आफ्नो बुवा र दाजु भाइलाई हेर्न न हुने जस्ता रुढीबादी परम्परागत सोचहरु अझै समाजमा जरो गाडेर बसिरहेका छन । अझै नेपालका कतिपय ठाउँमा त घरभन्दा कोसौ टाढाको दुरिमा छाउ गोठ बनायर किशोरी तथा महिलाहरू महिनावारी भएको बेला राख्ने गर्दछन । यसरी गोठमा राखियका महिला तथा किशोरीहरुले सयौं अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्दछ।कतिपय युवतिहरु त बलात्कारको सिकार समेत भै मृत्युलाई अगाल्न पुगेका छन । सदियौ देखि महिला लाई बिबिध किसिमका यातना दिने नेपाली समाजमा २१ औ शताब्दी सम्म आइपुग्दा समेत कुनै परिवर्तन भएको पाइदैन । महिला सम्बन्धित कानुन बने पनि सबै किताबकै पानामा सिमित छन । ३३% अधिकार जागीर कोटा र राजनीतिमा लागू भयतापनी वास्तविक महिलाको समस्या समाधान गर्न भने लागू भएको पाइदैन । आज पनि लाखौ महिला तथा युवतीहरु महिनावारी भएको बेला फोहोर कपडा लगायर बस्न बाध्य छन । महिनावारीमा अत्यावश्यक पर्ने प्याडको दाम आकासियर नेपाली महिलाको पहुछ भन्दा माथी पुगेको छ । चाहादा चाहादै पनि सेनेटरी प्याड प्रयोग गर्न पाइरहेका छैनन । प्रजातान्त्रिक संघीय लोकतान्त्रिक देश भनेर खोक्रो भाषण र खोक्रो आश्वासन बाहेक नेपाली समाजका महिलाले सदै समस्याले थिचिनु परेको छ । बाहिरी संघ सस्थाले बिधालय तथा समुदायका लागि पठाएको प्याड नगरपालिकाको भवनमा थन्किएर बसेको छ । सरोकारवाला निकाए र ब्यक्तिहरु मौन भएर बसेका छन ।

आजको बैज्ञानिक प्रणाली को युगमा आयर पनि महिलाहरु छाउगोठमा भेटिनु भनेको समाज र राष्ट्रमा १% पनि बिकास न हुनु हो । शहर बजारमा भन्दा पनि गाउँ टोल र पिछडिएका ठाउमा गएर महिनावारीको बारेमा जनचेतना फैलाउन सबैभन्दा आवस्यक छ । महिनावारीलाई अभिसाप मान्ने नेपाली समाजमा महिनावारी बिना स्रुष्टिको कल्पना पनि गर्न सकिदैन भन्ने कुरा बुझाउन जरुरी छ सका लागि नगरपालिकामा थन्किएर रहेका प्याड बोकेर सरोकारवाला ब्यक्ति समाज र सामुदायिक बिधालयमा पुग्नु पर्छ । प्याडमा कर बढाउने होइन सरकारले कसरी सुलभ दरमा प्याड बितरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनु अहिलेको मुख्य आवश्यकता हो । घरमा भएका कपडा बाट पुन प्रयोग गर्न मिल्ने गरिको सेनेटरी प्याड बनाउने तालिम हरेक समुदायका महिलालाई दिन सकेमा कुनै पनि महिलाले प्याडको अभावमा फोहोर कपडाको प्रयोग गरि प्राण घातक रोगको सिकार हुनु पर्ने छैन । गाउँ गाउमा स्वयंसेविका खाटाएर स्वास्थ महिनावारीको सन्देश फैलाउनु पर्छ । महिनावारी नहुदा छोरी घरकी देवि हुन भने महिनावारीमा पनि छोरी घरकी देवि हुन भन्ने धारणा सबै नेपाली घरमा आएमात्रै नेपाली समजमा छाउगोठको अन्त्य र सबै महिलाहरु स्वास्थ र सुरक्षित हुन्छन ।

    नाम: मुना बिष्ट 

     ठेगान : सुनसरी 

     सम्पर्क : ९८०५३१५७३९

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार