मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ ।
१२ जेठ २०७९, बिहीबार

काठमाडौं । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ ।

नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।

अहिले धनगढी नजिकको भारतीय बजारमा पेट्रोलको मूल्य नेपाली रुपैयाँ १७५ छ भने डिजेलको मूल्य १५० रुपैयाँ पर्छ । यता नेपालतर्फको धनगढी बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८० रुपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १६० रुपैयाँ पर्छ ।

विराटनगरमा पनि सीमा क्षेत्रको मूल्यान्तर उस्तै छ । निगमको विराटनगर कार्यालयकाअनुसार नेपाली बजारमा १६० रुपैयाँमा पेट्रोल र १८० रुपैयाँमा डिजेलको खरिद बिक्री भइरहेको छ । तर, नजिकैको भारतीय बजार जोगवनीमा डिजेल प्रतिलिटर १५० र पेट्रोल प्रतिलिटर १७५ नेपाली रुपैयाँमा पाइन्छ ।

यता विरगञ्जमा भने डिजेलमा १० र पट्रोलमा ६ रुपैयाँ प्रतिलिटर मूल्यान्तर छ । नेपाल पारीको भारतीय रक्सौल बजारमा १७४ रुपैयाँमा पेट्रोल पाइन्छ भने नेपालतर्फको १८० रुपैयाँ पेट्रोललाई पर्छ । यस्तै १५० रुपैयाँ नेपालीमा पाइने डिजेललाई नेपाली बजारमा १६० रुपैयाँ पर्छ ।

नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाउने र भारतका विभिन्न प्रान्तले इन्धनमा लगाएको कर घटाउने नीतिका कारण नेपालतर्फ इन्धनको मूल्य महँगो भएको हो ।

यसअघि इन्धनको मूल्य सस्तो भएका कारण नेपालबाट भारततर्फ इन्धनको तस्करी हुने गर्थ्यो । नेपालतर्फ इन्धन सस्तो हुँदा तस्करी बढेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको थियो ।

तर अहिले भने इन्धनको मूल्य नेपालतर्फ महँगो भएका कारण भारतबाट तस्करीको जोखिम बढेको छ । जसका कारण सीमा क्षेत्रमा पूँजी पलायनको जोखिम बढ्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार