मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

राप्रपा अध्यक्ष लिङदेनद्धारा मिश्रलाई पार्टी एकताको प्रस्ताव

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टी एकताको प्रस्ताव राखेका छन्
१६ पौष २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टी एकताको प्रस्ताव राखेका छन् ।

शुक्रबार अध्यक्ष लिङ्देन र महामन्त्री डा धवलशमशेर राणासहित मिश्रलाई भेट्न उनकै निवासमा पुगेका थिए । सो भेटमा लिङ्देनले आपसी सहकार्यका साथै पार्टी एकताबारे प्रस्ताव राखेको बताइएको छ ।

भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप मिश्रसँग भेटवार्ता भएको बताएका छन् । उनले निकट भविष्यमा सकारात्मक दिशातिरमा पुग्ने बताए ।

भेटघाटको तस्बिर मिश्रले सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार