मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |
मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |


खगेन्द्र सुनारको वाचा पत्र ः कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता

प्रमिला बिश्वकर्मा 17+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

बाँके । खगेन्द्र सुनारको वाचा पत्र ः कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता बाँके निर्वाचन क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले कृषि पर्यटन र उद्योगलाई प्राथमिकता दिदैँ वाचा पत्र सार्वजनिक गरेका छन् ।

‘अबका दिन, समृद्ध बाँके तीन’ भन्ने मूल नारासहित सुनारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएका हुन् । समृद्धिका तीन आधारका रूपमा कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिइएको वाचा पत्रमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, महिला तथा बालबालिका, स्वास्थ्य, सुशासन, भूमि व्यवस्थापन, वातावरण र कला एवं संस्कृतिलाई वाचापत्रमा समेटिएको छ ।

मेरो प्रतिबद्धता भन्दै उम्मेदवार सुनारले तीन बुँदामा आफूआबद्ध पार्टीको वाचापत्र ‘थिति बसाल्ने संकल्प कार्यान्वयनको नेतृत्व गर्ने’ सार्वजनिक सेवालाई चुस्त, दुरुस्त बनाउन प्रभावकारी भूमिका खेल्ने र बाँके ३ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरेर स्थानीय सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता रहेको छ ।

पर्यटन र उद्योगतर्फ वर्षौँदेखि चर्चामा रहेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गरी स्थानीय युवा तथा समुदायलाई प्राथमिकतामा राखी रोजगारी सिर्जना गर्ने, होमस्टे, धार्मिक तथा सांस्कृतिक र पर्यटकीय स्थलहरूको स्तरोन्नति, सीमावर्ती पर्यटन विकास योजना लागू गर्ने, उद्योग सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्ने, युवालाई रोजगारी र उद्यमशीलतामा प्रोत्साहित गर्नुका साथै बाँके ३ लाई पर्यटन तथा औद्योगिक हबको रूपमा विकास गरिने वाचा गरिएको छ । विपन्न तथा गरिब बालबालिकालाई अनिवार्य शिक्षाको पहुँचमा ल्याउने, कृषि क्षेत्रको ठूलो सम्भावना बोकेको पश्चिम नेपाललाई केन्द्रित गरेर नेपालकै ठूलो कृषि विश्वविद्यालय स्थापना, विद्यालय शिक्षामा सुधार र प्रविधिमैत्री अध्ययनको वातावरण सिर्जना गर्ने, फरक क्षमता भएका बालबालिहरूलाई शैक्षिक कार्यक्रममार्फत शिक्षाको मूल प्रवाहमा ल्याउने र विद्यालय पाठ्क्रममा स्थानीय भाषा र लिपिलाई प्राथमिक तहमै समावेश गर्न भूमिका खेल्ने बताएका छन् ।

पूर्वाधारतर्फ विभिन्न कारणले स्थगित योजनाहरूलाई डेटलाइनसहित सम्पन्न गर्ने, मानखोला, बुकानाला, करेलीखोला लगायतका खोलानालाको कटान रोक्न तत्काल तटबन्धन निर्माणको थालनी गर्ने, आरक्ष आसपासको बस्तीमा वन्यजन्तुको आक्रमणबाट हुन सक्ने मानवीय क्षति रोक्न तत्काल मजबुत पर्खाल निर्माण गर्ने,च् यामादेखि सैनिकसम्मको सडक विस्तार तथा स्तरोन्नति सबैखाले सडक कालोपत्रे र ढल निकास तथा फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

कृषि र रोजगारीतर्फ सिक्टा सिँचाइको आयोजनालाई पूर्ण सञ्चालनमा ल्याएर कृषि आधुनिकीकरणमा ध्यान दिने, प्रत्येक पालिकामा कृषि बजार केन्द्र स्थापना, फलफूल र तरकारी भण्डारका लागि कोल्ड स्टोर निर्माण गर्ने, कृषि अनुसन्धान विद्यालय र तालिम सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण र बाँके ३ लाई कृषि हबको रूपमा स्थापना गर्ने उल्लेख गरिएको छ । यस्तै, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, लालपूर्जा वितरण प्रक्रियालाई छिटो सम्पन्न गर्ने र भूमिको वैज्ञानिक व्यवस्थापन साथै नापी तथा अभिलेख सुधार गरिने उल्लेख गरिएको छ । वाचापत्रमा उनले आफू सांसद भएपछि बेथिति र भ्रष्टाचारविरुद्ध उभिने, राष्ट्रिय नीति र बजेटमा बाँके ३ का विकासका मुद्दा सशक्त रूपमा उठाउने, स्थानीय जनताको समस्या संसद्मा निरन्तर उठाउने र स्थानीय सरकार, प्रदेश र संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा काम गर्ने र कार्यान्वयनको वातवरण सिर्जना गर्ने जनाएका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार