मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने निर्वाचन आयोगको तयारी

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ ।
११ अशोज २०७९, मङ्गलबार

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ । आयोगले निर्वाचन क्षेत्र अनुसार फरकफरक खर्च सीमा प्रस्ताव गरेको हो ।

आयोगले प्रतिनिधि सभातर्फ पाँच वटा समूह बनाएर अधिकतम खर्च सीमा प्रस्ताव गरेको हो । आयोगले निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने भएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ ८÷८ लाखसम्म खर्च सीमा बढाउने प्रस्ताव गरेको छ ।

आयोगको प्रस्ताव अनुसार यसपटक प्रदेशसभातर्फ १८ लाख र प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नेले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । यसअघि उम्मेदवारहरूले प्रदेशसभामा अधिकतम १५ लाख र प्रतिनिधिसभामा २५ लाख खर्च गर्न पाउँथे ।

आयोगले २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले २५ लाख र प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

यस पटकको खर्च सीमा निर्धारण गर्दा आयोगले विभिन्न तीन आधार तयार गरेको छ । निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरुको कूल संख्यालाई ५५ प्रतिशत, निर्वाचन क्षेत्रको क्षेत्रफल (वर्ग किमि)लाई २५ प्रतिशत र मतदान केन्द्र संख्यालाई २० प्रतिशत भार छुट्याएर अधिकतम सीमा कायम गरेको हो । १८ प्रतिशत मुद्रास्फिति पनि जोडिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार