मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

सूचना प्रवाहदेखि सेवा सुधारसम्म : नेपालगन्ज वितरण केन्द्रका विष्णु खत्रीको उदाहरणीय कार्यशैली

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
कोहलपुर सरुवा हुँदा भावुक बिदाइ
१ जेठ २०८३, शुक्रबार

बाँके । विद्युत् सेवा सुधार, चुहावट नियन्त्रण र उपभोक्तासँगको प्रत्यक्ष समन्वयलाई प्राथमिकतामा राख्दै आएको नेपाल विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र पछिल्लो समय प्रभावकारी कार्यशैलीका कारण चर्चामा छ । विशेषगरी नो–लाइट शाखाका प्रमुख विष्णु खत्रीले आफ्नो कार्यकालमा देखाएको सक्रियता र उत्तरदायित्वपूर्ण भूमिकाले उपभोक्तामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

नेपालगन्ज वितरण केन्द्रले पछिल्ला पाँच महिनामा महसुल नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको विद्युत् लाइन काटेर बक्यौता असुली अभियान सञ्चालन गरेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार लाइन काटिएका ग्राहकहरूमध्ये करिब चार हजार ५०० ग्राहकले महसुल बुझाएर पुनः लाइन जडान गरेका छन् । 

उहाँले अभियानमार्फत करिब पाँच करोड रुपैयाँ बक्यौता असुली भएको जानकारी दिनुभयो । “बितेको पाँच महिनामा हामीले करिब साढे पाँच हजार ग्राहकको लाइन काटेका छौँ, यसबाट बक्यौता रकम करिब छ करोड ३० लाख रुपैयाँ हुन गएको छ,” उहाँले भन्नुभयो, “लाइन काटेकामध्ये करिब चार हजार ५०० ग्राहकबाट विद्युत् लाइन पुनः जडान भई करिब पाँच करोड बक्यौता असुल पनि भएको छ ।”

नेपालगन्ज वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकविरुद्ध कारबाहीलाई निरन्तरता दिँदै विद्युत् सेवा सुधार र अनियमितता नियन्त्रणका लागि स्थलगत अनुगमनलाई समेत तीव्र बनाएको छ । विद्युत् महसुल ६० दिनभित्र बुझाउनुपर्ने कानुनी व्यवस्था रहेकाले अब बिल नतिर्ने उपभोक्तामाथि स्वचालित रूपमा कारबाही प्रक्रिया अघि बढाइने केन्द्रले जनाएको छ । 

यसैबीच, सेवा प्रवाहलाई चुस्त बनाउने अभियानमा नो–लाइट शाखाले खेलेको भूमिका उल्लेखनीय मानिएको छ । शाखा प्रमुख विष्णु खत्रीले आफ्नो कार्यकालमा विद्युत् आपूर्ति अवरुद्ध हुनेबित्तिकै सामाजिक सञ्जाल र व्हाट्सएप समूहमार्फत उपभोक्तालाई तत्काल सूचना दिने अभ्यास सुरु गर्नुभएको थियो ।

विद्युत् आपूर्ति समस्याका बेला समयमै सूचना प्रवाह हुने व्यवस्था भएपछि उपभोक्ताले सेवा व्यवस्थापनप्रति विश्वास बढेको अनुभव गरेका थिए । नियमित अनुगमन, नाङ्गो तार हटाएर केबुल विस्तार, मर्मत कार्यको सक्रियता र चुहावट नियन्त्रण अभियानमा पनि उहाँको भूमिका प्रभावकारी रहेको सहकर्मीहरू बताउँछन् ।

नेपालगन्ज वितरण केन्द्रले पछिल्ला महिनामा मिटर अनुगमन, हुकिङ नियन्त्रण तथा मिटरमा गडबडी गर्ने ग्राहकविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाले गर्मीयाममा समेत विद्युत् आपूर्ति सहज बन्दै गएको केन्द्र प्रमुख मिश्रको दाबी छ । 

उत्कृष्ट कार्यसम्पादनपछि विष्णु खत्रीको कोहलपुरमा सरुवा भएको छ । उहाँलाई एक कार्यक्रमका बीच भावपूर्ण बिदाइ गरिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । उपभोक्तामैत्री कार्यशैली, छिटो सूचना प्रवाह र सेवा सुधारमा सक्रिय भूमिकाका कारण उहाँको कार्यकाललाई धेरैले उदाहरणीय रूपमा स्मरण गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार