मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालगञ्जमा ‘तिहारका रङ्गहरू’ कार्यक्रम : उज्यालो, प्रेम र एकताको सन्देश

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

बाँके । दिपावली (तिहार) पर्वको अवसरमा नेपालगञ्जमा ‘तिहारका रङ्गहरू’ नामक विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । बास नेपालको आयोजनामा गाई तिहारको दिन, आगामी कार्तिक ४ गते स्थानीय बाटिका होटलमा सो कार्यक्रम आयोजना गरिने भएको हो ।

कार्यक्रमको उद्देश्य तिहारका मौलिक संस्कृति, मान्यता र परम्परालाई जगेर्ना गर्दै रङ्ग, उज्यालो र एकताको माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ ।

तिहारलाई ‘रङ्गहरूको पर्व’ मानिन्छ — जहाँ पहेंलो, रातो, सेतो, हरियो, बैजनी र निलो रंगले क्रमशः माया, आशा, विश्वास, एकता र शान्तिको प्रतिनिधित्व गर्छन् । त्यस्तै विविध रंगझैं विविध सांस्कृतिक गतिविधिहरूले तिहारलाई जीवन्त बनाउने गर्छन् ।

‘तिहारका रङ्गहरू’ कार्यक्रममा सामूहिक देउसी–भैलो, रंगथिम आधारित सांस्कृतिक प्रस्तुति, रङ्गोली प्रतियोगिता, नृत्य, नाटक लगायतका आकर्षक कार्यक्रम रहनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।

कार्यक्रमको तयारीका लागि आज भएको बैठकमा बास नेपालकी महासचिव कल्पना अधिकारीको अध्यक्षता रहेको थियो । बैठकमा कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

बैठकमा बास नेपालका सांस्कृतिक विभाग प्रमुख महेन्द्र सेडाई, कार्यक्रम व्यवस्थापक मन भण्डारी, जनसम्पर्क अधिकृत माधव कार्की, कार्यक्रम अधिकृत रविन्द्र बोहरा, केन्द्रीय सदस्य बब्लु शेष, कलाकार सुन्दर गुरुङ लगायतले विचार व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजकको जिम्मेवारी बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीलाई दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार