मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सप्तरीमा उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

राजविराज । प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा विभिन्नदलका तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्ने क्रम बढेको छ ।

यसैक्रममा आइतबार उज्यालो नेपाल पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रहेका डा. दिपक चौधरीले पत्रकार सम्मेलनको आयोजना गरी स्थानियस्तरका थप मुद्दाहरु समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् । जिल्लाको फत्तेपुर स्थित त्रियुगा खोलामा बाँध बाँधेर ५ देखि ७ मेगावाट सम्म विजुली निकाल्ने कार्यलाई उनले प्राथमिकतामा राखेका छन् ।

नेपाल विद्युत प्राधिकरणको प्रवन्धक पदबाट राजिनामा दिएर राजनीतिमा होमिएका डा. चौधरीले सार्वजनिक गरेको घोषणापत्रमा किसानलाई निशुल्क विजुली, विपन्न बालबालिकालाई निशुल्क शिक्षा र स्वास्थ्य, राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल र रुपनी ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सुधार, संघीय संरचनालाई थप बलियो बनाउने, नागरिकको घरसम्म विद्युत विस्तार गरी उज्यालो बनाउने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने, राजविराजलाई स्थानिय कला संस्कृती संग जोडेर पर्यटकीय नगरको रुपमा विकास गर्ने उनको घोषणापत्रमा उल्लेख छ ।

यस्तै क्षेत्रभित्रका सबै पालिकामा विकास निर्माण कार्यलाई गति प्रदान गर्ने, जिर्ण सडक खण्डको स्तरोन्नती गर्ने, कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्वमुखी बनाउने, राजविराज नगरपालिका स्थापनाकाल देखि नै बसोबास गर्दै आएका तथा अझै लालपुर्जा पाउन नसकेकाहरुलाई लालपुर्जा दिलाउन आवश्यक पहल गर्ने, जेनजी युवाहरुको उज्जवल भविष्यका लागि आवश्यक कार्य योजना बनाउने लगायतका बिषयलाई समेत उनले आफ्नो घोषणापत्रमा समेटेका छन् ।

राजविराज नगरपालिका वडा नम्बर १३ घर भएका डा. चौधरी नेतृत्व विकास विषयमा विद्यावारिधि गर्नुका साथै हालै नेपाल विद्युत प्राधिकरणको जागिर छाडेर निर्वाचनमा होमिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार