मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ हुँदै

महमूद आलम खान 1133+ समाचार ( )
८ मंगशिर २०७८, बुधवार

काठमाडौँ । नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा आज (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ हुँदैछ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै दबाव स्वरुप सर्वोच्च अदालतको गेटबाट बालुवाटारसम्म मार्च पास गरिन लागेको हो ।

बिचौलियाराजको विरोधमा जवाफदेही लोकतन्त्रका निम्ति भन्दै नेपाल बार एसोसिएनस, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको संयुक्त आह्वानमा मार्चपास हुन लागेको जनाइएको छ। कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अहिले एक महिना पूरा गरेको छ। यो अवधिमा बारले कालोपट्टी बाँधेर धर्ना दिनेदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न मूलगेटमा धर्ना दिनेसम्मको अभियान चलाएको छ।

तेस्रो चरणको आन्दोलनको अन्तिमतिर हुँदा बारले बुधबार देशभरका उच्च अदालतमा आन्दोलन गरेको छ। बारले आज पनि सर्वोच्च परिसरमा १० बजेदेखि १२ बजेसम्म धर्ना दिने र २ बजे सर्वोच्चको गेट हुँदै बालुवाटारसम्म पुगेर प्रधानन्यायाधीशको बहिर्गमनका लागि दबाब दिने कार्यक्रम तय गरेको छ । कार्यकारी शक्तिसँग भागबन्डा गरेको, अमूक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसार फैसला गर्न लगाएको, परिवारका सदस्य र आफैंले नियुक्ति दिएका पदाधिकारीलाई बिचौलियाका रूपमा प्रयोग गरेको जस्ता आरोप जबरामाथि लाग्दै आएको छ ।

कानुन व्यवसायीका साथै कानुन क्षेत्रका संस्थाहरूले निरन्तर आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश जबरा भने सडकबाट माग्दैमा राजीनामा नदिने भन्दै पदमै रहने हठमा छन् ।

यता प्रधानन्यायाधीश जबराले तोकेका इजलास कात्तिक ८ देखि बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आगामी बुधबारदेखि नियमित इजलासमा फर्किने भएका छन् । गोला प्रक्रियाद्वारा पेसी तोक्ने निर्णय कार्यान्वयन गर्दै उनीहरू नियमित इजलासमा फर्किने भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार