मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालालाई तालिम

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

राजापुर । मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम राजापुरमा सम्पन्न भयको छ  ।

राजापुर नगरपालिकाको आयोजना ,प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका उप प्रमुख,महिला बालबालिका शाखा प्रमुख , स्वास्थ्य शाखा प्रमुख ,कार्यपालिका सदस्य ,प्र.अ , प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको थियो । 

मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारेमा समितिका सदस्य हरुको क्षमता विकास विकास गर्ने उदेश्यले संचालित तालिमको समापन सत्रको संचालन महिला बाल बालिका शाखा प्रमुख अनिता चौधरीले गर्नु भयको थियो भने सहभागीका तर्फ बाट बोल्दै कार्यपालिका सदस्य लक्ष्मी चंदारो र मानब बेच बिखन नियन्त्रण समितिका सदस्य लोकराज ढुंगानाले तालिम निकै प्रभावकारी भयको र मानब बेच बिखन अन्त्य गर्न सबै सक्रिय भयर लाग्नु पर्ने बताउनु भयो ।

 कार्यक्रमको समापन सत्रमा बोल्दै राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गयको र यसलाई नियन्त्रण गर्न चुनौती देखियकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार ,प्रहरी संघ संस्था ,स्थानीय निगरानी समूह सक्रिय भयर अभियान संचालन गर्ने कुरामा जोड दिनु भयको थियो साथै बाल संरक्षण ,मानब बेच बिखन नियन्त्रण का लागि पालिकाले योजना बनायर बजेट बिनियोजन गर्ने कुरामा जोड दिनु भयको थियो भने सामाजिक संघ सस्था हरु पालिकाको समन्वय सहकार्यमा अभियानमुखी काम हरु संचालन भैरहेको बताउनु भयो ।

३ दिने तालिममा बाल अधिकार ,बाल संरक्षण ,बाल बालिका माथि हुने हिंशा तथा रोकथाम , मानब बेचबिखन तथा ओसारपसारको अवधारणा ,यसका कारण ,मानब तस्करी,शोषण,कानुनि प्रावधान घटना ब्यबस्थापन ,सिफारिस संयत्र का बारेमा प्रशिक्षक द्वय युबराज पोख्रेल र निर्मल सुबेदीले सहजीकरण गरेका थिय भने कार्यक्रमको उदेस्य तथा परियोजनाका बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले जानकारी गराउनु भयको थियो ।

तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरियको थियो ,कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिषा थारुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार