मुख्य समाचार
पत्रकार मल्ललाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश | डुडुवामा ‘नरेन्द्रकुमार चौधरी कप’ क्रिकेट प्रतियोगिता सुरु | गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल | एनआरएनए केन्याले पठायो राहत कोषमा छ हजार तेत्तीस डलर | विपद् प्रभावितको सहयोगका लागि बिहानी युवा क्लबद्वारा उद्धार कोषमा २५ हजार ५५५ | अमरेशको दाबी- बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ | बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम | कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात | राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित | नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु |

डुडुवामा ‘नरेन्द्रकुमार चौधरी कप’ क्रिकेट प्रतियोगिता सुरु

यूथ टुडे समाचारदाता 3570+ समाचार ( )
१४ अशोज २०८३, बुधवार

बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ जाफरपुर्वामा वडा स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ अन्तर्गत ‘नरेन्द्रकुमार चौधरी कप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

जाफरपुर्वा युवा स्पोर्टस् क्लब डुडुवा–२ को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष जुनेद खानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता दीपेन्द्रसिंह पटेलले गर्नुभएको हो । उहाँले रिबन काटेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा डुडुवा–२ का वडा सदस्य सेराज अहमद खान, प्रहरी चौकी खडैचाका प्रमुख कुलबहादुर विक, प्रहरी चौकी बेतहनीका इन्चार्ज हिराबहादुर शाही, क्लबका उपाध्यक्ष अतिक खान, मोहम्मद वाहिद खान, इब्ने हुसेन खान, रकिब खान, रफिक खान, सरवर रजा खानलगायतको सहभागिता थियो । स्थानीय समाजसेवी नबी खाँ, युनुस खान, लतिफ खान, मुजिबुर रहमान खानलगायतको पनि उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पटेलले खेलकुद युवाको क्षमता विकास, अनुशासन र सामाजिक एकताका लागि महत्वपूर्ण माध्यम भएको बताउनुभयो । ग्रामीण क्षेत्रमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनसँगै स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

वडा सदस्य सेराज अहमद खानले ग्रामीण क्षेत्रमा हुने खेलकुद प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासन, सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो । खेलकुदले युवालाई सकारात्मक मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीयस्तरमा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी चौकी खडैचाका प्रमुख तुलबहादुर विकले खेलकुदले युवामा अनुशासन, जिम्मेवारीबोध र सकारात्मक सोचको विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार हुँदा युवालाई सामाजिक गतिविधिमा जोड्नसमेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

प्रहरी चौकी बेतहनीका इन्चार्ज हिराबहादुर शाहीले खेलकुद प्रतियोगिता स्वस्थ प्रतिस्पर्धा र सामाजिक सद्भाव विकास गर्ने माध्यम भएकाले खेलाडीले अनुशासन र खेलभावनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका गरी १७ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ र उपविजेता टोलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

ग्रामीण क्षेत्रमा रहेका क्रिकेट प्रतिभालाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र युवालाई खेलकुदसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक जाफरपुर्वा युवा स्पोर्टस् क्लबले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार