मुख्य समाचार
फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी | विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश |

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान नरैनापुरमा सुरु

यूथ टुडे समाचारदाता 3500+ समाचार ( )
पहिलो दिनमा नै ५७३८ जनाले खाए औषधी
११ फाल्गुन २०७९, बिहीबार

नरैनापुर  । हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेको नरैनापुरमा बिहिबार देखी सुरु भएको छ ।

जिल्लाको नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाले बिहिबार नरैनापुरमा एक कार्यक्रमको आयोजना गरि उक्त अभियान सुरु गरिएको हो ।

उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय मणिराम खरालले हात्तीपाईले रोग विरुद्धको औषधी खाएर अभियानको सुरुवात गर्नु भएको थियो । अध्यक्ष शाहले हात्ती पाईले रोग विरुद्धको औषधी खान आफुबाटै सुरुवात गरेको भन्दै आम गाँउपालिकावासीलाई पनि औषधी खान आग्रह गर्नु भयो ।

कोहि पनि नछुट्ने र नदोहोरिने गरी सबैले औषधी सेवन गरे मात्रै गाँउपालिकालाई हात्तीपाईले रोगबाट मुक्त गर्न सकिन्छ, अध्यक्ष शाहको भनाई थियो ।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले नरैनापुर क्षेत्रमा मात्रै झन्डै ४४ हजार ८ सय ७ जना नागरिकलाई औषधी खुवाउने लक्ष्य रहेको बताउनु भयो ।

अभियान सुरु भएको पहिलो दिन गाँउपालिकाको ६ वटै वडामा ५ हजार ७ सय ३८ जनाले औषधी सेवन गरेको स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर बिबेक पौडेलले जानकारी दिनु भयो ।

अभियानको पहिलो दिन प्रत्येक वडामा तोकीएको बुथबाट औषधी खुवाईएको बताउदै पौडेलले भन्नुभयो शुक्रबार देखि घरदैलो अभियान मार्फत र्औषधी खुवाउने कार्यतालिका रहेको जानकारी दिनु भयो ।

सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यसअघि १२ औं पटक हात्ती पाईले रोग विरुद्धको औषधी खुवाइएको थियो । रोग नियन्त्रणमा नआउँदा हरेक वर्ष सरकारले औषधी खुवाउने गरेको हो । बाँकेमा सुरु भएको यो १३ औँ अभिायन हो  । नरैनापुरमा सुरु भएको १३ औँ पटकको अभियानका जिन्सी शाखा प्रमुख भरत महतो, सुचना अधिकारी लक्ष्मिकान्त मिश्रा लगायत विषयगत शाखाका प्रमुख एंव कर्मचारी र सुरक्षाकर्मीहरुले औषधी सेवन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार