मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सडक बन्द हुँदा हिमाली जिल्लामा महँगी बढ्यो

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
अवरुद्ध भएको २० दिनपछि मात्र मंगलबारदेखि कर्णाली राजमार्ग खुलेको छ ।
८ कार्तिक २०७९, मङ्गलबार

कर्णाली । असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लामा महँगी बढेको छ ।

अवरुद्ध भएको २० दिनपछि मात्र मंगलबारदेखि कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग खुलेपनि सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् । सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन ।

अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन् । उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदालगायत वस्तु महँगोमा किन्न बाध्य छन् । सडक अवरुद्ध हुनुअघि प्रतिकिलो ७० रुपैयाँ पर्ने मैदा यतिबेला प्रतिकिलो १६० पुगेको छ ।

सेल रोटी हाल्नका लागि तिहारका मुखमा प्रतिकिलो १६० हाल्दा पनि मैदा किन्न नपाइएको जुम्लाको चन्दननाथ नगरपालिका–७ की सम्झना महतले बताइन् । ‘खाना पकाउने ग्यासको मूल्य ३ हजार पुगेको छ । खाने तेल प्रतिपोका १६० छ,’ उनले भनिन्, ‘बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन् । पहिले ५० पर्ने माला अहिले २ सय रुपैयाँ पर्छ ।’ मूल्य तेब्बरले बढेको उनले सुनाइन् ।

खसीको मासु विस्थापित गरेको ब्रोइलर कुखुरा हिमाली जिल्लामा पाउन छोडेको छ । खसीको मूल्य आकाशिँदो छ । ब्रोइलर कुखुराको मासु पाइँदासम्म प्रतिकिलो १ हजार पर्ने खसीको मासु सडक अवरुद्ध भएसँगै अहिले १ हजार ३ सय पुगेको उपभोक्ता जयशङ्कर धितालले बताए । ‘बजारमा सामान अभाव भएर उपभोक्तालाई ठूलो मर्का परेको छ ।

व्यापारीले विपद्का कारण अवरुद्ध कर्णाली राजमार्गलाई माध्यम बनाएर रातारात कमाउने अवसर लिइरहेका छन् । कृत्रिम अभाव देखाएर कालाबजारी गर्ने व्यापारीलाई प्रशासनले कारबाही गर्नुपर्दछ,’ उनले भने । डिजेल र पेट्रोल अभाव भएको भन्दै गाडी सञ्चालकले २०–२५ प्रतिशत भाडा बढाएका छन् ।

प्रतिकिलो ५० रुपैयाँ पर्ने तरकारी सय पुगेको छ । मसलाजन्य सबै वस्तुको मूल्य पनि दोब्बरले बढेको उपभोक्ताले बताएका छन् । यो समस्या कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्लालगायत जिल्लामा बढी छ ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली राजमार्ग खुलिसकेकाले अब बजार पहिलेकै अवस्थामा आउने दाबी गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार