मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री राणा

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरण संरक्षणमा जोड दिनुभएको छ ।

उहाँले युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा आज बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपाल समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने छ ।”

नेपालले केही महिनाअघि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उहाँले दिनुभयो ।

मन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण गर्नुभयो । अब ‘कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्ड’सहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार