मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

कुरआन पढेर सुनाएको भन्दै मुस्लिम धर्म गुरु रब्बानीलाई १ लाख राशीबाट सम्मान

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

बाँके । मुस्लिम धर्मावलम्बीको एक महिने रोजा पर्वले नेपालगन्ज नगर र मस्जिदहरुमा रौनकता बढ्एको छ । नेपालगंज ४ मा रहेको फैजान–ए–रमजान मस्जिदमा भेला भएर मुस्लिम धर्मावलम्बीहरुले तराबी नमाज पढ्दै रमजान मनाइरहेका छन् ।

रमजानको महिनामा मस्जिदहरुमा हुने तराबी अर्थात कुरआनको पाठ २४ रोजा पुगेको अवसरमा बिहिबार राती फैजान–ए–रमजान मस्जिदमा भव्य रुपमा सम्पन्न भएको छ । 

कुरआन पढेर सुनाएको भन्दै मुस्लिमहरुले उक्त मस्जिदका धर्मगुरु गुलाम रब्बानीलाई १ लाख १२ हजार नगद राशिले सम्मान गरेका छन् ।

कुरआन बाचनको समापनसँगै मुस्लिमहरुले देशमा अमनचैन र दीर्घकालीन शान्ति स्थापना होस् भनी अल्लाहसँग प्रार्थनासमेत गरेका छन् ।

मुस्लिम समुदायका लागि रमजानको महिना मलिन आत्माले पवित्रता प्राप्त गर्ने महिना हो । यो पवित्रता प्राप्त गर्ने विभिन्न तरिकामध्ये तराबी पनि एक हो । तराबी अरबी शब्द “तरवीहा” को बहुवचन हो जसको अर्थ हुन्छ आराम गर्नु । यसलाई यो नाम दिनुको कारण हरेक चार रकातपछि नमाजीहरुले केहीछिनको लागि आराम गर्ने चलन छ ।

तराबी “तहज्जुद” नमाजकै अर्को रुप हो जसमा मानिसहरु राति उठेर अल्लाहलाई सम्झन्छन् । तराबी नमाजमा मुस्लिमहरु एक इमामको पछाडि उभिएर कुरआनको वाचन सुन्छन् र अल्लाहले पठाएको सन्देशलाई मनन् गर्छन् । कुरआनको वाचन सकिए पनि तराबीको नमाज रमजान महिनाभरि हुने दावते इस्लामी नेपालका प्रमुख धर्म गुरु फजल हकले जानकारी दिनु भयो । 

रमजान महिनाको अन्तीम शुक्रबार आज मुस्लिमहरु सामूहिक रुपमा मस्जिदहरुमा जम्मा भएर अल्बिदाको नमाज पढ्ने धर्म गुरु फजल हकले बताउनु भयो । उहाँले भन्नुभयो, हजारौको संख्यामा मुस्जिदहरु म्ुस्लिमहरु पुगेर नमाज पढ्ने गरे पनि संचारकर्मीहरुलाई समाचार संकलनमा समस्या आउने गरेकोले दावते इस्लामीले नेपालगंज ५ मा स्थापना गरेको फैजाने मदिना मस्जिदमा सहज रुपमा समाचार संकलन गर्ने व्यवस्था मिलाएको जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार