मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कुश्मीया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

बाँके । बाँकेको एक सामुदायिक वनले कागती खेती गर्न सुरु गरेपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुने बन समितिले जनाएको छ । 

जिल्लाको राप्ती सोनारी गाउँपालिका–७ मा रहेको कुश्मीया सामुदायिक वनले पहिलो पटक गरेको सामूहिक कागती खेतीबाट समूहले मनग्गे आम्दानी गर्ने अनुमान गरेको सामुदायिक वनका उपभोक्ताहरूको भनाई छ ।

कुश्मीया सामुदायिक वनका सचिव काशीराम चौधरीले वनको तिन हेक्टर जग्गामा विभिन्न प्रजातिका कागती लगाई सुरु गरिएको सामूहिक खेतीबाट उपभोक्ता लाभान्वित हुने बताउनु भयो । उहाँले सो वनमा लगाइएका आठ सय कागतीका बिरुवाबाट राम्रो उत्पादन हुने बताउनु भयो । सचिव चौधरीका अनुसार यस सिजनमा मात्र सो वनमा करिब ४÷५ सय किलो कागती फलेको जनाउँदै उपभोक्तालाई सोको बाँडफाँट गर्ने बताउनुभयो । 

उहाँले अन्य बाली जस्तो सधैँ हेरविचार गोडमेल समेत गर्नु नपर्ने र बँदेल, बाँदर जस्ता जनावरले पनि कागती बालीलाई नोक्सानी नपु¥याउने हुँदा थप वनको खाली जग्गामा पनि कागती खेती विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । 

बि ग्रुपले सामुदायिक वनमा कागती खेती गर्नका लागि उपभोक्तालाई प्राविधिक ज्ञान दिनुका साथै अन्य सहयोग गर्दै आएको सचिव चौधरीले जानकारी दिनु भयो ।  

सचिव चौधरीले बनमा सिचाइको पर्याप्त सुविधा नहुँदा चाहेको जति कागती उत्पादन हुन नसकिरहेको बताउँदै कृषि ज्ञान केन्द्र नेपालगन्जसँग कागती खेतीका लागि सहयोग गरिदिन आग्रह गरे पनि कुनै सुनवाई नगरेको बताउनु भयो । 

उहाँले वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा पु¥याउने लक्ष्य लिएर कागती खेती सुरु गरिएको बताउँदै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग पाएको खण्डमा कागती खेती सँगै बन क्षेत्रको खाली जग्गामा पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा सामुदायिक बनलाई विकास गर्ने योजना रहेको बताउनु भयो । साभारः रेडियो नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार