मुख्य समाचार
ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व | कीर्तिपुरको होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता पक्राउ | युनेस्कोद्धारा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न | सर्लाहीका युवाले पनि लगाए आफ्नै शरीरमा आगो |

उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनु पर्छ - मन्त्री पम्फा भुसाल

महमूद आलम खान 1133+ समाचार ( )
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताएका छन्
१० वैशाख २०७९, शनिबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताएका छन् । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्ने समेत बताए ।

उनले आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुपर्ने र त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्ने बताए । मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने भन्दै युवा पुस्तालाई सङ्गठित गरेर उद्यममा प्रेरित गर्नुपर्ने बताए । कृषि प्रधान देशले वर्षेनि रु तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात गर्नुपरेकाले कृषि उत्पादन तथा उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्नका लागि आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार