मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको छ - प्रधानमन्त्री प्रचण्ड

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२५ श्रावण २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिरिषद्‍बाट पास भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको बताएका छन् । अरु बेला पनि मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन नभएको उनको गुनासो छ ।

बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर हुने गरेको सुनाए ।

‘अहिले एउटा नमिठो अनुभव भयो’ उनले भने, ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौं विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो ।’

त्यही कारण संघीय शिक्षा ऐनलाई संसदमा दर्ता गर्न नसकेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘हामी त्यसको खोजीमा छौं कसले यस्तो गर्‍यो त ? कहाँबाट कुन ठाउँबाट यस्तो भयो त ?’

मन्त्रिपरिषद्का सदस्यहरुले राम्रोसँग हेर्न नपाउँदै विधेयकका व्यवस्थाहरु सार्वजनिक भएको र यो गलत वा सही भन्ने स्थिति बनेको उनले बताए ।

वन ऐन संशोधनका क्रममा पनि झन् नेगेटिभ भएर आएको मन्त्रीको गुनासो रहेको प्रधानमन्त्रीले सुनाए । क्याबिनेटले गरेको निर्णय समेत लागू नभएको अनौठो स्थिति देखा परेको भन्दै उनले भने, ‘कित्ताकाट सम्बन्धी धेरै निर्णय गरियो, कार्यान्वयनमा समस्या छ । कहाँ गएर अड्किएको छ ?

अरु कतिपय विषयमा पनि मन्त्रिपरिषदले गरेको निर्णय सचिवले म कार्यान्वयन गर्न सक्दिनँ भनेको पनि उनले सुनाए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘अब यस्तो चल्दैन । ठाउँको ठाउँ कारबाही गर्नुको विकल्प छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार