मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

दशौँ योग दिवस ः सरकारी कर्मचारीहरुले योग गरेर मनाए योग दिवस

Youth Today News 1+ समाचार ( )
७ असार २०८१, शुक्रबार

बाँके ।  ‘आफु र समाजका लागि योग’ भन्ने मूलनाराका साथ दशौ अन्तराष्ट्रिय योग दिवश बाँकेमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

मानव जीवनमा योग र आयुर्वेदको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँके, लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगञ्ज र कर्मचारी मिलन केन्द्र बाँकेसंगको समन्वयमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले बाँकेका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लक्षित गरी एकदिने योग शिविर सञ्चालनमा ल्याएको हो ।

दिवश मनाउने क्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका कार्यालय प्रमुख डा. गिता रेग्मीले मानव शरिरमा योगले नकारात्मक विचारलाई पन्छाउदै सकारात्मक विचारको विकास गर्ने भएकोले बाँकेका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लक्षित गरी एकदिने योग शिविरको आयोजना गरिएको बताईन ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले योग जीवनको अपरिहार्य तत्व भएको उल्लेख गर्दै योगलाई जीवन दर्शबनाउन आग्रह गरे । उनले योगको विकास गर्नसके राज्यलाई नै निक्कै लाभ हुने दाबी गरे । 

सो योग शिविरका प्रशिक्षक तथा अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल संम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश अधिकारीले योग शाररिक मानशिक स्वास्थ्यको हिसावले अत्यन्त जरुरी रहेको उल्लेख गर्दै नियमित योग प्रणायमले समाजमा सुशासन कायम हुने विश्वास व्यक्त गरे ।

‘नियमित योगले शरिरलाई स्फूर्ती प्रदान गर्ने र चुस्त दुरुस्त शरिरले कार्यसम्पादनमा समेत मद्दत पुराउने भएकोले सुशासन कायम हुन्छ’– उनले भने । उनले योग बिनाको दैनिक जीवनमा दैनिक प्रवाह गरिने सेवाप्रवाहमा समेत असर पुराउने हुँदा मन मस्तिस्कमा समेत पूmर्ती ल्याउन नियमित योग प्रणायमलाई अपनाउन आग्रह गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले योगले समुदायलाई जोड्ने बताउदै यसको पूर्विय दर्शनमा छुट्टै महत्व रहेको बताए । योगले पछिल्लो समयमा नसर्नेरोगहरुबाट जोगाउन अपुरणिय कार्य गरेकोले मानव शरिरमा योगको महत्व अधिक रहेको औल्याए । सो कार्यक्रममा बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार