मुख्य समाचार
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर | कटकुइयाँ स्वास्थ्य चौकी नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै | शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति |

दशौँ योग दिवस ः सरकारी कर्मचारीहरुले योग गरेर मनाए योग दिवस

Youth Today News 1+ समाचार ( )
११ असार २०८१, शुक्रबार

बाँके ।  ‘आफु र समाजका लागि योग’ भन्ने मूलनाराका साथ दशौ अन्तराष्ट्रिय योग दिवश बाँकेमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

मानव जीवनमा योग र आयुर्वेदको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँके, लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगञ्ज र कर्मचारी मिलन केन्द्र बाँकेसंगको समन्वयमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले बाँकेका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लक्षित गरी एकदिने योग शिविर सञ्चालनमा ल्याएको हो ।

दिवश मनाउने क्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका कार्यालय प्रमुख डा. गिता रेग्मीले मानव शरिरमा योगले नकारात्मक विचारलाई पन्छाउदै सकारात्मक विचारको विकास गर्ने भएकोले बाँकेका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लक्षित गरी एकदिने योग शिविरको आयोजना गरिएको बताईन ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले योग जीवनको अपरिहार्य तत्व भएको उल्लेख गर्दै योगलाई जीवन दर्शबनाउन आग्रह गरे । उनले योगको विकास गर्नसके राज्यलाई नै निक्कै लाभ हुने दाबी गरे । 

सो योग शिविरका प्रशिक्षक तथा अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल संम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश अधिकारीले योग शाररिक मानशिक स्वास्थ्यको हिसावले अत्यन्त जरुरी रहेको उल्लेख गर्दै नियमित योग प्रणायमले समाजमा सुशासन कायम हुने विश्वास व्यक्त गरे ।

‘नियमित योगले शरिरलाई स्फूर्ती प्रदान गर्ने र चुस्त दुरुस्त शरिरले कार्यसम्पादनमा समेत मद्दत पुराउने भएकोले सुशासन कायम हुन्छ’– उनले भने । उनले योग बिनाको दैनिक जीवनमा दैनिक प्रवाह गरिने सेवाप्रवाहमा समेत असर पुराउने हुँदा मन मस्तिस्कमा समेत पूmर्ती ल्याउन नियमित योग प्रणायमलाई अपनाउन आग्रह गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले योगले समुदायलाई जोड्ने बताउदै यसको पूर्विय दर्शनमा छुट्टै महत्व रहेको बताए । योगले पछिल्लो समयमा नसर्नेरोगहरुबाट जोगाउन अपुरणिय कार्य गरेकोले मानव शरिरमा योगको महत्व अधिक रहेको औल्याए । सो कार्यक्रममा बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार