मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बधौडाबासीले प्रदेश मन्त्री र सांसद संग उज्यालोको खुशी साटे

महमूद आलम खान 1133+ समाचार ( )
राप्ती सोनारी वडा नं ६ का वडा अध्यक्ष राम लखन थारुले बिजुलिको उपभोग गर्न पाउदा जनता निकै खुसी भएको बताए
२३ कार्तिक २०७८, मङ्गलबार

नरैनापुर । बाँके जिल्लाको कर्णाली प्रदेशका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरबासीले उज्यालो पर्व तिहारका अवसरमा पहिलो पटक बिजुली उपभोग गर्न पाएकोमा खुशि व्यक्त गरेका छन । 

तिहार लगतै सो क्षेत्रमा समग्र बिकासको सम्भावना बारे अन्र्तक्रिया गर्न पुगेको लुम्बिनी प्रदेशका आन्तरीक मामला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमाल , सोही क्षेत्रकी प्रदेश सांसद कृष्णा केसी नमुना संग उनिहरुले यस पटकको तिहार आफुहरुका लागी ऐतिहासीक भएको सुनाए । तेलको बत्ति दियोको भरमा दिपावली गरेका उनिहरुले यसपटक बिजुली बत्तिको सहयोगले घर नै उज्यालो बनाउन पाउदा निकै खुसी भएको बताएको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी दिईन । 

बिजुलीको पोल गाडेको झण्डै दुई दशक पछि राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिधुत सेवा पुर्याउन सफल भएको सांसद केसीले जानकारी दिईन । पछिल्लो २ बर्षमा कोरोनाको कहरका बिच पनि बिधुत बिस्तारको कामले निरन्तरता पाएको थियो । 

राप्ती सोनारी वडा नं ६ का वडा अध्यक्ष राम लखन थारुले बिजुलिको उपभोग गर्न पाउदा जनता निकै खुसी भएको बताए ।उनले बिधुत सेवा पति कृषि उपज उत्पादनका सिचाई लगायतका कममा पनि सहज भएको उनको भनाई थियो । 

प्रदेशको मन्त्री भएपछि बाँके र बर्दियाका ग्रमिण जनता संग अन्र्तक्रिया गदै हिडेका लुम्बिनी प्रदेशका मन्त्री तिलक शर्मा हिमालले माओवादी नेतृत्वमा बिधुत क्षेत्रमा ऐतिहासीक परिर्वतन आएको बताउदै अव बिपन्न जनताले निशुल्क बिधुत उपभोग गर्न पाउने बताए । उनले माओवादी कै नेतृत्वमा १८ घन्टा सम्म हुने लोड सेडिङ अत्य भएको बताउदै अव बिपन्न व्यक्ति न्युनतम मासिक ३० रुपैयामा बिधुत सेवा उपभोग गर्न पाउने गरि व्यवस्था मिलाईएको बताए । 

मन्त्रि हिमाल, सांसद नमुना र माओवादी केन्द्रका नेता प्रकाश सुबेदी चन्द्रकान्त सहितको टोलिले राप्ती सोनारी नरैनापुर क्षेत्रको बिकास लागि आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । उनिहरुले सो क्षेत्रको सिमा नाकाको समेत अवलोकन गरेका थिए । 

नरैनापुर बाट अघैया जोडनेसडक , राप्ती नदि लगायतका साहायक खोलामा तटबन्ध , औधोगिक ग्राम , दुर सञ्चारको टावर बिस्तार ,ईलाका प्रहरी कार्यालय नरैनापुर , भोजभगाजान पुरको स्तरउन्नती , पर्यटन क्षेत्रको समग्र बिकास बारेमा ठोस पहल गर्ने मन्त्रि सहितको प्रतिबद्धता जनाएको सांसद कृष्णा केसी नमुनाले जानकारी दिईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार