मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

मुख्य निर्वाचन अधिकृतलाई आयोगकाे ६ बुँदे निर्देशन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने ।
२ मंगशिर २०७९, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो ।

यस्ता छन् निर्देशन

१. प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने ।

२. मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्ने ।

३. मतगणना कार्यको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने ।

४. मतगणना स्थलमा राजनीतिक दल र उमेदवारको सहमतिका आधारमा माइकिङ वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने ।

५. निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मतपरिणामलाई सञ्चारमाध्यमले आफ्नो वेबपेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा सोका लागि आयोगको परिणाम पोर्टलको लिङ्क https://result.election.gov.np लाई ‘इम्बिड’ गरी प्रकाशन गर्न सक्ने ।

६. मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्नरनगराउन सबै सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार