मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

पञ्चे बाजा संरक्षण गर्दै नरैनापुर गाँउपालिका

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
पछिल्लो समय नयाँ प्रविधि आविस्कार संगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणमा नरैनापुर गाँउपालिका जुटेको छ ।
५ माघ २०७९, बिहीबार

नरैनापुर । पछिल्लो समय नयाँ प्रविधि आविस्कार संगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणमा नरैनापुर गाँउपालिका जुटेको छ । 

पछिल्लो समय नयाँ पुस्तामा पञ्चे बाजा प्रतिको रुची कम हुँदा बढी प्रचलित पञ्चे बाजा बजाउने संख्या घट्दै गएको देखे पछि पञ्चे बाजाको संरक्षण र यसका वाद्यवादकहरुलाई थप प्रोत्साहित गर्न नरैनापुर गाउँपालिकाको वडा नं. ६ मा रहेको पञ्चे बाजा समूहलाई एक सेट बाजा खरिद गरेर प्रदान गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

पञ्चे बाजा समूह विहे, व्रतवन्धका साथै सुखद कार्यक्रममा शूभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । पछिल्लो समय पञ्चे बाजामा सांस्कृतिक, सामाजिक हिसाबले महत्वपूर्ण भए पनि बजाउनमा नयाँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले पञ्चे बाजा संरक्षण तथा सो बाजा बजाउने समुदायको जीवनस्तर उकास्न बाजा प्रदान गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको भनाई थियो ।

बाजा हस्तन्त्रण कार्यक्रममा गाँउपालिका अध्यक्ष शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा,वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,लेखा प्रमुख भरत बस्नेत, जिन्सी शाखा प्रमुख भरत महतो, वडा सदस्य मंगरे खाँ लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार