मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

आज काग तिहार मनाइँदै

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर विभिन्न धार्मिक विधिपूर्वक मनाइँदैछ ।

आजका दिन यमराजका दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा चढाएर पूजा–आराधना गर्ने चलन छ । कागले यमराजसमक्ष राम्रो सन्देश पुर्याओस् भन्ने विश्वासका साथ भक्तजनले बिहानै कागलाई दही, भात, रोटी लगायतका मीठा परिकार खुवाउने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार शास्त्रअनुसार त्रयोदशी तिथि सूर्योदयमा परेका कारण आज आइतबार काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो ।

यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना हुने परम्परा छ । त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । सो मन्दिरमा कागको ठूलो मूर्ति स्थापना गरिएको छ ।

यसैबीच, यमयातनाबाट मुक्ति पाउने धार्मिक विश्वाससहित शनिबार साँझदेखि नै यम दीपदान गर्ने क्रम सुरु भइसकेको छ । वैदिक सनातन परम्परा अनुसार दीप दक्षिणतर्फ फर्काएर बाल्ने चलन छ ।

तिथिको घटबढका कारण यस वर्ष कार्तिक कृष्ण त्रयोदशी साँझ परेकै दिनदेखि यमपञ्चक पर्व सुरु भएको हो । शनिबार नै लक्ष्मी स्थिर रहोस् भन्ने कामनासहित गरगहना र तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मनाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार