मुख्य समाचार
बाढीपीडितको सहयोगार्थ बाँकेमा तीज नृत्य प्रतियोगिता हुँदै, उत्कृष्टलाई नगद पुरस्कार | सुरक्षा उपकरणबिनै विद्युत् पोल मर्मतमा खटिएका कर्मचारीलाई स्पष्टीकरण | भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत | बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग |
मुख्य समाचार
बाढीपीडितको सहयोगार्थ बाँकेमा तीज नृत्य प्रतियोगिता हुँदै, उत्कृष्टलाई नगद पुरस्कार | सुरक्षा उपकरणबिनै विद्युत् पोल मर्मतमा खटिएका कर्मचारीलाई स्पष्टीकरण | भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत | बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग |


वडा स्तरबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु पछि नरैनापुरका नागरिक उत्साहित

यूथ टुडे समाचारदाता 3543+ समाचार ( )
यूवा भन्दा बृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि लाईनमा बसेको देखे पछि अध्यक्ष शाहले नरैनापुरबासीको सहजताका लागि वडा परिसरमा थप स्टेशन बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गर्नु भयो ।
३० फाल्गुन २०७९, मङ्गलबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भए पछि स्थानीय नागरिकहरुलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत मणीराम खरालले बताउनु भयो । 

राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो चरणमा चारवटा वडाबाट अभियान सुरु गरिएको बताउदै नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले प्रत्येक वडामा दुईवटा स्टेसन रहनेगरी ८ वटा स्टेसन मार्फत विवरण संकलन गर्ने कार्य जारी रहेको जानकारी दिनु भयो । 

गाँउपालिका भित्र सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रहरुको अनुगमन गर्दै नरैनापुरका अध्यक्ष इश्तिायक अहमद शाहले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने बताउनु भयो । अध्यक्ष शाहले परिचयपत्र वितरण तथा तथ्याङक संकलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

यूवा भन्दा बृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि लाईनमा बसेको देखे पछि अध्यक्ष शाहले नरैनापुरबासीको सहजताका लागि वडा परिसरमा थप स्टेशन बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गर्नु भयो । राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र भएको बताउदै अध्यक्ष शाहले विवरण दर्ता गराउन नरैनापुरबासी संग अपिल गर्नु भयो । 

नरैनापुर ५ का वडा सचिव भरत महतोले सबै नेपाली नागरिकहरूको वैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रूपमा भण्डारणसहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गर्ने सङ्घीय सरकारको उद्देश्यअनुरूप विवरण सङ्कलन भइरहेको बताउनु भयो । उहाँले दैनिक ८० देखि १०० जनाको विवरण संकलन भईरहेको बताउदै विवरण दर्ता गराउनेहरुको संख्या बढ्दै गएको जानकारी दिनु भयो ।

नरैनापुर २ का सचिव एंव पालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले सरकारले पछिल्लो समय सबै नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले अभियानका क्रममा नरैनापुरको वडा टोलमै शिविर आयोजना गरीएकोले सम्पूर्ण नरैनापुरबासीलाई सम्बन्धित वडामा गएर आफनो विवरण दर्ता गराउन आग्रह गर्नु भयो ।

नरैनापुर ५ कि ६२ वर्षिय महेशा यादवले वडा स्तरबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भए पछि म जस्तो बृद्धाका लागि धेरै सहज भएको बताउदै आफनो वडामा रहेका बृद्धाहरुलाई नेपालगंज गएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन धेरै महगो र दुखदायी रहेको थियो तर वडाबाटै उक्त सेवा लिन पाए पछि खुशी लागेको बताउनु भयो । उहाँले भन्नुभयो “राष्ट्रिय परिचयपत्रको विवरण जसरी वडा स्तरबाट भई रहेको छ यसैगरी नागरिकता पनि पालिका स्तरबाट बनाउन पाएको भए म जस्तो गरिबका लागि ठूलो राहात हुने थियो ।” 

स्मरण रहोस नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गाँउपालिकाले पटक पटक प्रयास गरे पनि जिल्ला प्रशासन कार्यालय बाँकेले हाल सम्म स्थापना गर्न सकेको छैन् । 

नरैनापुर गाँउपालिकामा सुरु भएको अभियान १ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विवरण संकलन गरी रहेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्राविधिक राम बहादुर ओलीले बताउनु भयो ।

विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने विभागले जनाएको छ । जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको कम्तीमा १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने भएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार