मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

“देश जलाउने होइन, बनाउने पार्टी हो एमाले”- केन्द्रीय सदस्य हारुन

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
हल्वाइको चेतावनी: ‘जेनजीका नाममा विध्वंस गर्नेलाई कडा कारवाही भएन भने चुनावै असम्भव’
१ मंगशिर २०८२, आइतबार

बाँके । नेकपा एमाले बाँकेले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाइले जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी र हतियार लुटपाटजस्ता घटनामा संलग्नहरुलाई छुट नदिने चेतावनी दिएका छन् । उनले लुटिएको हतियार फिर्ता नआए र दोषीमाथि कारबाही नगरी सरकार मौन बसिरहे आगामी निर्वाचन हुन नसक्ने स्पष्ट पारे ।

हल्वाइले नेकपा एमाले “देश जलाउने होइन, देश बनाउने पार्टी” भन्दै मुलुक विकास, सुशासन र स्थिरता एमालेको मूल एजेन्डा रहेको उल्लेख गरे। उनले निकट भविष्यमा हुने पार्टी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै पुनः निर्वाचित हुने दाबी गर्दै ओलीको नेतृत्व निरन्तरताकै कारण देश अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओलीविरुद्ध निरन्तर गलत प्रचार र आधा–सत्य बोली राजनीति गरिरहेका केही समूहलाई उनले “सर्प” को संज्ञा दिंदै पार्टीभित्रका त्यस्ता विघटनकारी मानसिकता भएका व्यक्तिलाई महाधिवेशनबाट नै “सदाका लागि अन्त्य” गर्ने चेतावनी दिए ।

कार्यक्रममा सहभागी जनसमुदायले भने मुलुकमा बढ्दै गएको असुरक्षा, अराजकता र राजनीतिक अस्थिरताबारे चासो व्यक्त गर्दै एमाले नेतृत्वले उठाएको कडा सन्देशलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार