मुख्य समाचार
राजनीति गर्ने कर्मचारीलाई झट्का, दलीय ट्रेड युनियन खारेज | सुकुम्बासी बस्तीमा डोजर चलाउने रास्वपा सरकार, रविको दोष स्थानीय तहलाई | फिल्डमै उत्रिए प्राधिकरण प्रमुखः छड्के अनुगमन तीव्र, ७ करोड बक्यौता असुल | सुत्केरी भवन अलपत्रः २ वर्ष बित्दा पनि फाउण्डेशनमै रोकियो, जोखिममा जानकी–५ का महिला | नीलसागर सेवा आश्रममा सांसद सुष्मा स्वर्णकारको निरीक्षण : अपूर्ण भवन पूरा गर्न बजेट पहल गर्ने प्रतिबद्धता | थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने | बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार |

सुकुम्बासी बस्तीमा डोजर चलाउने रास्वपा सरकार, रविको दोष स्थानीय तहलाई

यूथ टुडे समाचारदाता 3342+ समाचार ( )
२० वैशाख २०८३, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहले सुकुम्बासीलाई आतंकित पारेको आरोप लगाएका छन्।

आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूमाझ बोल्दै उनले स्थानीय तहले रास्वपाको काँधमा बन्दुक राखेर हानेको आरोप लगाएका हुन्।

उनले भने,’देशभरिका विभिन्न स्थानीय निकायहरूले रास्वपाको काँधमा बन्दुक हानेर अव्यवस्थित बसोबासीहरूलाई देख्यौ तिमीहरूले भन्ने काम गरिरहनु भएको छ। त्यसमा हाम्रो घोर आपत्ति छ।’

उनले स्थानीय तहहरूलाई रास्वपाको नाम जोडेर भूमिहीनहरूलाई त्रसित नपार्नसमेत आग्रह गरे। सरकारले आजै उठाउँछ, भरे नै उठाउँछ भनेर सुकुम्बासीहरूलाई आपत पार्ने काम स्थानीय तहले गरेको उनको आरोप छ।

उनले भने, ‘तपाईंहरूलाई आतंकित पारेर आजै उठाउँछ, भरे नै उठाउँछ भनेर आपत पार्ने काम गर्नुभएको छ। केन्द्र सरकारले त्यो गरेको छैन।’

लामिछानेले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाइने बताए। विशेषगरी खोला किनारका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको दायित्व भएको उनको तर्क थियो।

असुरक्षित ठाउँमा रहेकाहरूलाई मात्र स्थानान्तरण गरिने र वास्तविक भूमिहीनहरूको हकमा शक्तिशाली आयोगमार्फत स्थायी समाधान खोजिने उनले बताए।

वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि देशभरका सुकुम्बासीहरू आतंकित बनेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार