मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

आजबाट सुरु हुँदै एसियाकप, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

काठमाडौं- एसियाकप क्रिकेटको १६ औं संस्करण बुधबार सुरु हुँदै छ। आयोजक पाकिस्तान र नेपालबीच पाकिस्तानको मुल्तानमा दिउँसो ३:१५ बाट उद्घाटन खेल सुरु हुनेछ। ६ टिम सहभागि प्रतियोगिता १९ दिन चल्ने छ। प्रतियोगितामा कुल १३ खेल खेलिने छ। १७ सेप्टेम्बरमा कोलम्बोमा प्रतियोगिताको फाइनल हुने छ।

कहिले बाट सुरु भएको थियो प्रतियोगिता?

३९ वर्ष अघि १९८४ मा पहिलो पटक एशियाकपको आयोजना भएको थियो। संयुक्त अरब इमिरेट्स(युएई) मा उक्त खेलको आयोजना भएको थियो। पहिलो प्रतियोगितामा पाकिस्तान, श्रीलंका र भारतले हिस्सा लिएका थिए। प्रतियोगिता राउन्ड रोविनका आधारमा भएको थियो। सर्वाधिक खेल जित्न सफल भारत पहिलो प्रतियोगिताको च्याम्पियन बनेको थियो।

कहिले-कहिले हुन्छ एशियाकप?

एशियाकप हरेक २ वर्षमा एकपटक आयोजना हुँदै आएको छ। यद्यपि कुनै-कुनै समयमा समयमानै प्रतियोगिता नहुने गरेको छ। प्रतियोगिता १३ पटक एकदिवसीय र २ पटक टी-२० फर्म्याटमा आयोजना भएको छ। कुल १५ पटक प्रतियोगिता यसअघि आयोजना भएको छ। यो पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना हुँदैछ। देशभित्रको आपसी विवाद र राजनीतिक कारणले प्रतियोगिता १९९१ देखी २००७ मा केवल ४ पटक मात्र आयोजना भएको थियो।

सर्वाधिक उपाधि जित्ने टिम कुन हो?

भारतले एशियाकपको सर्वाधिक धेरै ७ उपाधि जितेको छ। भारतले ६ पटक एकदिवसीय र एक पटक टी-२० फर्म्याटको उपाधि जितेको हो। भारतपछि श्रीलंकाले ६ पटक उपाधि जितेको छ। त्यस्तै पाकिस्तान २ पटक च्यम्पियन बन्दा बंगलादेश दुई पटक फाइनल पुगेपनि उपाधिविहीन रहेको छ। यी बाहेकका टिमले भने फाइनलमा स्थान बनाउन सकेका छैन्न। साविक विजेता श्रीलंका हो। गत वर्ष टी-२० फर्म्याटमा भएको प्रतियोगितामा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।

कुन-कुन टिम छन् सहभागी?

प्रतियोगितामा कुल ६ टिम सहभागी छन्। ३-३ टिमका दुई समूह विभाजन गरिएको छ। भारत, पाकिस्तान र नेपाल समूह ‘ए’ मा रहँदा बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह ‘बी’मा रहेका छन्। प्रतियोगितामा दुवै समूहमा शीर्ष २-२ टीम सुपर-४ मा पुग्ने छन्। सुपर चारमा पनि सबै टिमले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। सुपर चारको समूहको शीर्ष २ मा रहने टिमबिच फाइनल भिडन्त हुने छ।

नेपाल पहिलो पटक सहभागी हुँदै

एसियाकपको लामो क्रिकेट इतिहासमा नेपाल पहिलो पटक सहभागी हुँदै छ। गत अप्रिलमा काठमाडौंमा भएको एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले पहिलो पटक एसियाकपमा स्थान बनाएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार