मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

काठमाडौं ५ मा काग्रेसका प्रदीप पौडेलको उदय

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ ।
६ मंगशिर २०७९, मङ्गलबार

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक संसद् पदमा निर्वाचित हुनुभएको हो । 

काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ .मत पाउनुभएको छ । ५ हजार ६५ मत अन्तरले पाैडेल विजयी हुनुभएकाे हाे । निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ भन्नुभयो ।  

नेता पोखरेल (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँले यसअघि यही क्षेत्रबाट विजयी हासिल गर्नुभएको थियो । उहाँ पूर्व रक्षामन्त्री पनि हुनुहुन्छ । 

पौडेल विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आउनु भएको हो । उहाँ अमृत क्याम्पसबाट नेपाल विद्यार्थी नेताका रूपमा उदाउनु भएको हो । उहाँ स्ववियु सभापति, नेपाल विद्यार्थी संघको उपाध्यक्षसहित केन्द्रीय अध्यक्ष हुनुभयो । 

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले उहाँलाई केन्द्रीय सदस्यमा नियु्क्त गर्नुभएको थियो भने १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । २०६२–६३ सालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका युवाहरूमध्ये एक प्रभावशाली विद्यार्थी नेता हुनुहुन्थ्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार