मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपालगन्ज-११ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६० जनाले गराए चेकजाँच

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा नाक, कान, घाँटीको  निशुल्क स्वास्थ्य शिविर भएको छ । पौष १८ गते असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ११ को समन्वयमा निशुल्क स्वास्थ्य शिविर भएको हो । 

शिविरमा ६० जना बिरामीहरुको चेकजाँच भएको वडा नं ११ आधारभूत स्वस्थ्य सेवा केन्द्रका अहेव कविता लामिछानेले बताउनु भयो । २२ जना पुरुष र ३८ जना महिलाको चेकजाँच गरेको नाक कान घाँटीका विशेषज्ञ डाक्टर प्रकाश बसेलले बताउनु भयो । २ बर्षदेखि माथी ८० बर्ष मुनिका बिरामीहरुले चेकजाँच गराएको डाक्टर बसेलले बताउनु भयो । 

शिविरमा कान कम सुन्ने, कान सुनियका, कानमा प्वाल परेका, नाक सुनिएका, नाकको डाडी बङ्गो भएका बिरामीहरुलाई चेकजाँच भएको थियो । आर्थिक अवस्था कमजोर भएका, विपन्न बिरामीहरुलाई विशेष छुट दिएर उपचार गरिने असल छिमेकीका प्रमुख डाक्टर बसेलले बताउनु भयो । 

शिविरमा असल छिमेकीका स्टाफनर्स रितु पाण्डे, सबिना चौधरी, ललितराम चौधरी लगायत स्वस्थ्य चौकीका कर्मचारी सर्मिला सुवेदी, निमा सिंह, सीता अधिकारी र कविता लामिछानेको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार