मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालगन्ज-११ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६० जनाले गराए चेकजाँच

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा नाक, कान, घाँटीको  निशुल्क स्वास्थ्य शिविर भएको छ । पौष १८ गते असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ११ को समन्वयमा निशुल्क स्वास्थ्य शिविर भएको हो । 

शिविरमा ६० जना बिरामीहरुको चेकजाँच भएको वडा नं ११ आधारभूत स्वस्थ्य सेवा केन्द्रका अहेव कविता लामिछानेले बताउनु भयो । २२ जना पुरुष र ३८ जना महिलाको चेकजाँच गरेको नाक कान घाँटीका विशेषज्ञ डाक्टर प्रकाश बसेलले बताउनु भयो । २ बर्षदेखि माथी ८० बर्ष मुनिका बिरामीहरुले चेकजाँच गराएको डाक्टर बसेलले बताउनु भयो । 

शिविरमा कान कम सुन्ने, कान सुनियका, कानमा प्वाल परेका, नाक सुनिएका, नाकको डाडी बङ्गो भएका बिरामीहरुलाई चेकजाँच भएको थियो । आर्थिक अवस्था कमजोर भएका, विपन्न बिरामीहरुलाई विशेष छुट दिएर उपचार गरिने असल छिमेकीका प्रमुख डाक्टर बसेलले बताउनु भयो । 

शिविरमा असल छिमेकीका स्टाफनर्स रितु पाण्डे, सबिना चौधरी, ललितराम चौधरी लगायत स्वस्थ्य चौकीका कर्मचारी सर्मिला सुवेदी, निमा सिंह, सीता अधिकारी र कविता लामिछानेको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार