मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-८ मा निर्माण गरिएको ‘पाकिस्तान-नेपाल मित्रता पार्क’ आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । 

नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आज आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले उक्त पार्क हस्तान्तरण गरेका हुन् । 

राजदूत हाश्मीले काठमाडौँमा पाकिस्तान-नेपाल मित्रता पार्क स्थापनाकामा सहकार्य गर्ने बुढानीलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडको प्रशंसा गरे । साथै पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक र सामाजिक कार्यकर्ताका साथै सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे । उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहने र दुवै देशका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताए ।

राजदूत हाश्मीले द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगी प्रयासमा जोडिएको आधारमा निर्माण भएको उल्लेख गरे । यसले मानवताको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई झल्काएको समेत उनको भनाइ थियो ।

उक्त पार्क निर्माणका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास नगरपालिकालाई धन्यवाद दिँदै बालबालिका युवा तथा वृद्धवृद्धाको स्वास्थ्यको हितमा प्रयोग गर्ने ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए ।

सो अवसरमा राजदूत हाश्मीसहित बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, लायन्स क्लब अफ काठमाडौँका गभर्नर लायन हिराप्रसाद दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार