मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

नि:शुल्क स्वास्थ्य शिविरबाट १ सय २० जान स्थानीय लाभान्वित

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
२० पौष २०८१, शनिबार

बाँके। डुडुवा गाउपालिका वडा नम्बर ५ मा सनिवार नाक, कान तथा घाँटी रोगको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट स्थानीय १ सय २० जना लाभान्वित भएका छन् । 

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जको प्राविधिक सहयोग र ५ नम्बर वडा कार्यालयको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा १ सय २० जना बिरामीहरुको चेकजाँच गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष झंक बहादुर थापाले बताउनुभयो । 

५० जना पुरुष र ७० जना महिला गरि १ सय २० जना स्थानीय नागरिकको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर प्रकाश बसेलले बताउनुभयो । ६  महिनाको बालबालिकादेखि ७५ वर्षका जेष्ठ नागरिक समेतको सवास्थ्य चेकजाँच गरिएको डाक्टर बसेलले बताउनुभयो । 

शिविरमा कान कम सुन्ने, कान सुन्निएका, कानको जालीमा प्वाल परेका, नाक सुन्निएका र घाँटी लगायतका बिरामीहरुलाई चेकजाँच गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका, विपन्न बिरामीहरुलाई विशेष छुट दिएर उपचार गरिने असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख समेत रहनुभएका डाक्टर बसेलले बताउनुभयो । नेपालगन्ज पुगेर ८ सय रुपैयाँ चेकजाँच गरेको तिर्नु पर्ने बाध्यताबाट बचेको नाक कान घाँटीका अधिकांश विरामीले बताउनु भयो । ´घरमै आएर हामीलाई चेकजाँच गर्न कस्ट गर्नुभएकोमा धन्यवाद डाक्टर साब भन्दै प्रेस सेन्टर डुडुवाका अध्यक्ष कालु गिरीले डाक्टर बसेलाई धन्यवाद दिनुभयो । 

शिविरमा असल छिमेकीका स्वास्थ्यकर्मीहरु रितु पाण्डे, सबिना चौधरी, ललितराम चौधरी लगायत कम्दी स्वास्थ्य चौकीका कर्मचारीहरुले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार